
नेपालगन्ज : हिमालयन रोडिज सिजन – ६ का उपविजेता अर्बिन चन्द ठकुरीलाई राष्ट्रिय युवा संघ बाँकेले सम्मान गरेको छ ।
नेकपा एमाले बाँके कार्यालयमा राष्ट्रिय युवा संघ बाँकेले एक कार्यक्रम गरि बाँके कोहलपुरका अर्बिन चन्द ठकुरीलाई सम्मान गरेको हो ।
बाँकेवासी चन्दले रोडिजमा पुगेर जिल्ला र युवालाई उत्प्रेरित गरेको भन्दै राष्ट्रिय युवा संघ बाँकेले सम्मान गरेको राष्ट्रिय युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले जानकारी दिएका छन् ।
सम्मान कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज खेमराज शर्मा, नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक कुस्माखर बस्याल, जिल्ला इन्चार्ज पिबेन्द्र लामा(कालू), राष्ट्रिय युवा संघ नेपाल बाँकेका पार्टीका तर्फबाट इन्चार्ज राजु गोले, केन्द्रीय सदस्य सन्दीप बानिया, मनोज बिक, राज कुमार योगी, लुम्बिनी प्रदेश सह-सचीव भुपाल शर्मा, जिल्ला उपाध्यक्ष रमेश मिजार लगायत राष्ट्रिय युवा संघ बाँके अन्तरगतका ८ वटै पालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
आज नै राष्ट्रिय युवा संघ नेपाल बाँकेले काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ ।