नेपालगन्जमा बिहानै देखी होलि, दिउँसो स्ट्रीट होलि फेस्ट

नेपालगन्ज :

बिहानै देखी नेपालगन्जमा होलि, दिउँसो स्ट्रीट होलि फेस्ट
तस्वीर : नाफिस अहमद (गुड्डु)

सद्भावको शहर नेपालगन्जमा मंगलबार होलिको दोस्रो दिन अर्थात तराईको होलिको दिन नेपालगन्जमा बिहानै देखि होलि सुरु भएको छ ।

बिहानै देखि बजारको विभिन्न स्थानमा होलि खेलिरहेका , अबिर लाउदै गरेका र होलि लेखिएका टिसर्टको बिक्रीवितरण गर्दै गरेको ठूलो भिड धम्बोझी चोक , एकलैनी तथा त्रिभुवन चोकमा देख्न सकिन्छ ।

त्यस्तै यो बर्ष नेपालगन्जमा होलिलाई विशेष बनाउन केही स्ट्रीट होलि फेस्टिभल समेत आयोजना हुँदै छन् ।

यो बर्षको होलि सामाजिक सद्भाव होलि नारा दिएर जि नेपाल एचडिले होलि विशेष कार्यक्रम गर्न लागेको टेलिभिजनका एमडी आशिष गुप्ताले बताए ।

यो सद्भावको पर्व हो , हामिले यो बर्षको होलि लाई सामाजिक सद्भावको होलि जि नेपाल एचडी संगै भनेर नेपालगन्जमा होलि विशेष कार्यक्रम गर्न लागेका हौ , गुप्ताले बताए ।

होलि फेस्टमा बिश्वब्यापी रुपमा त्रासको सृजना गरेको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आयोजक जि नेपालले मास्क बितरण गर्ने समेत बताएको छ भने हेल्थ डेक्सको समेत स्थापना गर्ने बताएको छ । त्यस्तै बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको निम्ति जनचेतनामुलक संदेश समेत प्रवाह गर्ने बताइएको होलि फेस्ट मंगलबार ११ बजे देखि सुरु हुनेछ ।

होलिमा नेपालगन्ज लगायत आसपासका क्षेत्रहरुमा ठूलो संख्यामा मानिसहरु जम्मा भएर रङ्ग , अबिर र पानी सहित होलि खेल्ने प्रचलन रहेको छ भने होलिलाई नै मध्यनजर गर्दै ठुला साङ्केतिक कार्यक्रमहरु समेत खुल्ला स्थानमा हुने गर्दछन ।

प्रतिक्रिया