खजुराले जनयुद्धको अवसरमा आर्थिक रुपमा बिपन्नलाई चल्ला वितरण गर्‍यो

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक रुपमा बिपन्नलाई चल्ला वितरण गर्‍यो गरेको छ ।

३० औं जनयुद्ध दिवसको उपलक्ष्यमा आर्थिक रुपमा बिपन्न आमा समूह तथा कडा कुपोषित बालबालिकाहरुको आय आर्जन तथा पोषण अवस्था सुधार ल्याउनका लागी कुखुरा वितरण गरेको हो ।
खजुरा गाउँपालिका पशु सेवा शाखाको आयोजनामा सम्पन्न कुखुरा वितरण कार्यक्रममा ५६ परिवारलाई कुखुराको चल्ला वितरण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तिफानले जनयुद्धको स्मरण गर्दै जनयुद्धको सम्झनामा निम्न आय भएका खजुराका गरिब आमा समूह र कडा खालको कुपोषित बालबालिकाको परिवारलाई कुखुरा वितरण गरिएको बताएका थिए ।

अध्यक्ष तुफानले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अझै समृद्ध बन्दै जान जरुरी रहेको र हामिले ब्यवस्था बदल्यौ अब अवस्था बदल्नु पर्ने बेला भएको जिकिर गरेका थिए ।

चल्ला वितरण कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, खजुरा गाउँपालिका जिन्सी शाखाका प्रमुख दिपक ढकाल, स्थानीय तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया