
नेपालगन्ज : खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रले नसर्ने रोग पहिचानको लागी एक महिने अभियानको सुरुवात गरेको छ ।
नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाले एक महिनासम्म चल्ने नसर्ने रोग पहिचानको लागी एक महिने अभियानको सुरुवात गरेको हो ।
एक औपचारिक कार्यक्रम गरि सुरु गरेको एक महिने अभियानमा प्रमुख अतिथी खजुरा गाउँपालिकाको उपाध्यक्ष मन्जु मल्लले नसर्ने रोगले यतिबेला नेपाल लगायत बिश्वलाई नै त्रसित बनाएको र मृत्युदर पनि बढ्दै गएक अवस्थामा हामीले जागरुक भएर स्वास्थ्य चेकजाँच गराउन र समयमै यसको निराकरणका लागी लाग्न आव्हान गरेका थिए ।
कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाका प्रमुख किरण खनालले खानपान र दैनिक जीवनयापनका कारण नसर्ने रोग बढ्दै गएको अवस्थामा एक महिनासम्म अभियाननै संचालन गरेर नसर्ने रोगको पहिचान गर्न अभियानको थालनी गरेको बताएका छन्।
पत्रकारहरू संग कुरागर्दै प्रमुख खनालले एक महिनासम्म नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाले नसर्ने रोगको पहिचानको लागी चेकजाँच गर्ने र सोबाट लाभ लिन सम्पुर्ण खजुराबासीमा आव्हान समेत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका खजुरा गाउँपालिका सामाजिक बिकास प्रमुख कृष्ण कुमारी पोखरेलले हाम्रो दैनिक जीवनआयपनको कारणले गर्दा नसर्ने रोगहरु देखापरेको र मेरो स्वास्थ्य मेरो जिम्मेवारीको नारा लिएर खजुरा गाउँपालिका अन्तरगत नागरिक आरोग्य केन्द्रले र खजुरा गाउँपालिकाले काम गर्दै आएको जिकिर गरेका थिए ।