नेपालगन्जको होलिलाई रोकेन कोरोनाले, बिहानै देखि होलिको रौनक

नेपालगन्ज :

सद्भावको शहर नेपालगन्जमा मंगलबार होलिको दोस्रो दिन अर्थात तराईको होलिको दिन नेपालगन्जमा बिहानै देखि होलि सुरु भएको छ ।

बिहानै देखि बजारको विभिन्न स्थानमा होलि खेलिरहेका , अबिर लाउदै गरेका र होलि लेखिएका टिसर्टको बिक्रीवितरण गर्दै गरेको ठूलो भिड धम्बोझी चोक , एकलैनी तथा त्रिभुवन चोकमा देख्न सकिन्छ ।

त्यस्तै यो बर्ष नेपालगन्जमा होलिलाई विशेष बनाउन केही स्ट्रीट होलि फेस्टिभल समेत आयोजना हुँदै छन् ।
बिश्वब्यापी रुपमा फैलिएको र त्रास सृजना गरेको कोरोना भाइरस र त्यसबाट पर्न सक्ने असर अनि होलि खेल्ने क्रममा कोरोना सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै होलिलाई असर गर्न सक्ने अनुमान गरिए पनि नेपालगन्जको होलिलाई कोरोनाको त्रासले खासै ठूलो असर पारेको देखिएन ।

सरकारी तवर देखि नै सावधानी अपनाउन सुचना जारी गरेको अवस्थामा केही हद सम्म नेपालगन्जबासिहरु सचेत समेत भएका छन् । केही कलेज तथा संस्थाहरुले होलिलाई भिडभाड र रङ्ग अनि पानीले नखेल्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

जसरी होलिलाई कोरोनाले गर्ने असरको आकलन गरिएको थियो त्यसको ठिक बिपरित नेपालगन्जमा बिहानै देखि होलिको माहोल बन्दै गएको हो ।

होलिमा नेपालगन्ज लगायत आसपासका क्षेत्रहरुमा ठूलो संख्यामा मानिसहरु जम्मा भएर रङ्ग , अबिर र पानी सहित होलि खेल्ने प्रचलन रहेको छ भने होलिलाई नै मध्यनजर गर्दै ठुला साङ्केतिक कार्यक्रमहरु समेत खुल्ला स्थानमा हुने गर्दछन ।

प्रतिक्रिया