नेपालगन्ज न्युरोडमा खुल्यो ‘ग्लाम ब्युटीबार’

नेपालगन्ज : नेपालगन्जको न्युराेडस्थित भानुभक्तचाेकमा ‘ग्लाम ब्युटीबार’ शुक्रबारबाट संचालनमा आएको छ ।

करिब २० लाख रुपैयाँको लागतमा नेपालगन्जमा ‘ब्युटीबार’ संचालनमा आएको हो ।

नेपालगन्जको आवश्यकतालाई मध्यनजर गर्दै ब्राण्डेड स्किन केयरका प्रोडक्ट र ब्राण्डेड कस्मेटिक सामाग्रीको संग्रहको रुपमा ब्युटीबार संचालनमा ल्याइएको ब्युटीबारका संचालक अरुणा शाही मल्लले जानकारी गराउनु भएको छ ।

बढ्दो शहरीकरण र जीवनशैली परिवर्तनसँगै सौन्दर्यप्रति सचेत महिलाहरूको मागलाई ध्यानमा राख्दै, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त चोक नजिकै यो आधुनिक ब्यूटी बार स्थापना गरिएको हो । ब्यूटी बारले नेपालगन्जका महिलाहरूलाई उच्चस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

शुक्रबार एक समारोहबीच ग्लाम ब्यूटी बारको औपचारिक उद्घाटन गरिएको हो । सञ्चालक  अरुणा शाही मल्ल का सासु ससुरा बागदल मल्ल र रजनी मल्लले रिबन काटेर बारको उद्घाटन गरे ।

बढ्दो सौन्दर्यप्रति सचेत महिलाहरूलाई लक्षित गरी मेकअप सम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्ने उद्देश्यले यो बार सञ्चालनमा ल्याइएको सञ्चालक अरुणा शाही मल्ल ले  जानकारी दिइन् । उनले भनिन्, ‘हामीले महिलाहरूको सौन्दर्यलाई ध्यानमा राखेर उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेका छौं ।’

नेपालगन्जमा सौन्दर्य सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै ग्लाम ब्यूटी बारले नयाँ आयाम थप्ने विश्वास गरिएको छ । यसले स्थानीय महिलाहरूलाई गुणस्तरीय सौन्दर्य सेवा प्राप्त गर्न सहज बनाउने मात्र नभई, स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा सहभागी स्थानीय महिलाहरूले ग्लाम ब्यूटी बारको सुरुवातले नेपालगन्जमा सौन्दर्य सेवाको स्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

ग्लाम ब्यूटी बारमा विवाह, पार्टी तथा अन्य विशेष अवसरहरूका लागि मेकअप, हेयर स्टाइल, फेसियललगायतका विभिन्न सेवाहरू उपलब्ध हुनेछन् ।

प्रतिक्रिया