हिन्दूराष्ट्रको आडमा राजा ज्ञानेन्द्र शाह सत्ता पाउन खोज्दैछन…!

रवि शंकर बर्मा
नेपालमा हिन्दू राष्ट्र पुनःस्थापनाका बहसहरू बेला बेला उठ्ने गर्छन्। केही राजावादी समूहहरू यसलाई आफ्नो एजेन्डा बनाएर अघि बढिरहेका छन्, तर संवैधानिक रूपमा अहिलेको संरचनामा राजसंस्थाको पुनःस्थापना सम्भव देखिँदैन।

नेपाल अहिले धर्मनिरपेक्ष राष्ट्र हो, जुन संविधानले परिभाषित गरेको छ। यदि हिन्दू राष्ट्रबारे जनमत संग्रह गरिने विषय उठ्छ भने, त्यसका लागि संवैधानिक प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन वर्तमान राजनीतिक परिप्रेक्ष्यमा सहज देखिँदैन।

त्यसैले, हिन्दू राष्ट्रको एजेन्डा अघि सार्नेहरूले यसलाई राजसंस्थासँग जोडेर ‘राजा फर्किनै पर्छ’ भन्ने धारणा बनाउन खोजे पनि, व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन। तर, यदि व्यापक जनदबाब सिर्जना भयो भने हिन्दूराष्ट्र को लागि जनमत संग्रहको सम्भावना भने रहन्छ।

ज्ञानेन्द्र शाह वा उनका समर्थकहरूले हिन्दू राष्ट्रको एजेन्डालाई राजसंस्थासँग जोडेर सत्ता पुनःप्राप्त गर्ने प्रयास गरिरहेका छन्, तर यो सम्भावना न्यून छ।

संविधान, राजनीतिक शक्ति सन्तुलन, र अन्तर्राष्ट्रिय दबाबले यो अभियान सफल हुन कठिन देखिन्छ।

हिन्दू राष्ट्रको बहस सांस्कृतिक वा धार्मिक रूपमा महत्वपूर्ण हुन सक्ला, तर राजनीतिक रूपमा राजसंस्थालाई पुनःस्थापित गर्ने आधार बन्ने सम्भावना कमजोर छ। राजा र हिन्दूराष्ट्र फरक विषय हुन् ,हिन्दूराष्ट्र पुनःस्थापनाको सवालमा समर्थन गर्न सकिला तर हिन्दूराष्ट्रको आडमा राजा ज्ञानेन्द्र शाह सत्ता पाउन खोज्दैछन् त्यो सम्भव छैन ,,
( बर्मा नेकपा एमालेका युवा नेता हुन्)

प्रतिक्रिया