
नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल बाँकेको नजिकिदै गर्दा बाँकेमा युवा संघको नेतृत्व कस्को हातमा जाला धेरैको चासो र चर्चाको बिषय बनेको छ । नेकपा एमालेमा युवा संघमा राजनीति गरेर पार्टीको राजनीति तर्फ मोडिएका फेहरिस्त हेर्ने हो भने लामै छ । जो एमालेमा सफल समेत मानिन्छन् ।
उसो त युवा जनशक्तिमा पकड अनि लामो राजनैतिक यात्राको सम्भावना रहने हुँदा युवा संघको राजनीतिले पार्टीको राजनितीमा छलाङ मार्ने बलियो सम्भावना हुन्छ जसकारण पनि युवा संघको जिल्ला तह देखी केन्द्रसम्मै नेतृत्व लिनेको रस्साकसी चलेको देखिन्छ ।
यसै सेरोफेरोमा राष्ट्रिय युवा संघ नेपाल बाँकेको राजनीतिमा २०७२ साल देखीनै सकृय रहेका सुनिल रसाइली यो पटक युवा संघको नेतृत्व सम्हाल्न चाहन्छन् । बाके तथा आसपासका जिल्लाहरुका युवाहरू माझ लोकप्रिय अनि युवाहरुको मुद्दामा सधै अग्रसर भएर लागिपर्ने स्वभाव भएका कारण पनि उनको दाबी र नेतृत्वमा उनको चर्चा स्वभाबिक मानिदै आएको छ ।
बैजनाथ गाउँपालिका कम्युनिष्ट आन्दोलनको जग बसालिएको क्षेत्र हो । त्यहीँ बैजनाथ गाउँपालिकामा २०६४ साल देखी नै राजनीतिको सुरुवात गरेका सुनिल रसाइली एमाले वडा कमिटी सदस्य थिए ।
पारिवारिक राजनैतिक माहोल र एमालेको विचारधाराको पाठ सानैदेखि सिक्दै आएका सुनिल रसाइलीको राजनैतिक यात्रा भने २०७२ मा युवा संघ तर्फ मोडिएको थियो । रसाइली त्यसबेला युवा संघ नेपालको गाउँकमिटी सदस्य बनेका थिए ।
राजनीतिको मूल उद्देश्य समाज परिवर्तनको हुनु पर्ने बताउने रसाइली २०७३ मा युवा संघ नेपालको जिल्ला कमिटी सदस्य हुँदै २०७९ मा राष्ट्रिय युवा संघ नेपालको सह-सचिव र २०८० मा सचिव भइ राष्ट्रिय युवा संघको राजनितीमा संलग्न छन् ।
‘नेपालमा राजनीति प्रती युवाको गलत धारणा बन्दै गएको छ । यसले राजनितिलाई मात्रै होईन राष्ट्रको लागी घातक हुने देखिन्छ तसर्थ राजनीतिमा युवा सहभागीता हुनु आवश्यक छ भन्ने मलाई लाग्थ्यो र मेरो पारिवारिक स्थिति पनि राजनैतिक माहोल अनुकुल रहेकाले सेवाभावका साथ युवा संघको राजनितीमा लागेको हो र त्यसयता क्रमशः संगठन र पार्टीको काममा दिनरात नभनी खटिएको छु र पछिल्लो युवा संघको कार्यक्रमहरुले पनि त्यसलाई पुष्टि गरेको छ ।, रसाइली बताउछन् ।
बाँकेमा राष्ट्रिय युवा संघ नेपाल बाँकेको गतिविधिलाई गाउँ र टोलसम्म पुराउने अनि युवा संघको संगठन बिस्तारको कामलाई जिल्लाको गाउँ तथा टोलसम्म पुराउने रसाइलीले जिल्लामा हुने युवा संघका अन्य गतिविधि र आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।
यतिबेला बाँकेका सबैजसो स्थानीयतहमा पुगेर संगठनको कामकाज देखी युवाहरु परिचालन र उत्प्रेरित गर्ने काममा अब्बल मानिएका राष्ट्रिय युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली सहयोगी युवा नेताको रुपमा जिल्लामा उभ्रीदै गएका छन् ।
२०७९ फाल्गुन २१ गते नेपालगन्जमा सम्पन्न अधिवेशनबाट ज्ञानेन्द्रराज ओलीको नेतृत्वमा सर्वसम्मत राष्ट्रिय युवा संघ बाँकेको कमिटी बन्यो उक्त कमिटिका सह-सचिव सर्वसम्मत चुनिएका सुनिल रसाइली २०८० मा सचिवमा मनोनीत भएका थिए ।
राष्ट्रिय युवा संघ नेपाल बाकेका अध्यक्षको अनुपस्थितमा समेत जिल्लामा युवा संघको गतिविधि, संगठन बिस्तार र आन्दोलनलाई सम्हाल्दै आएका रसाइली जिल्लामा सहयोगी युवा नेताको रुपमा परिचित रहेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल बाँकेको अधिवेशनको रैनक चलेको बेला रसाइली अधिवेशन सफल बनाउन दिनरात खटिदै आएका छन् ।
युवाहरुको ब्यक्तिगत तथा राजनीतिक नेतृत्व तथा क्षमतावृद्धिका काममा सधै अग्रसर हुने र प्रेरणा प्रदान गर्ने काममा अब्बल रसाइलीले जिल्लामा युवाहरुको पहिलो रोजाईमा पर्ने गर्छन् । वैशाख दोस्रो साता हुने युवा संघको नेतृत्व चयनमा रसाइली एकमात्र युवाको रोजाईको नेता हुन भन्ने कुरामा कुनै दुईमत नरहको राष्ट्रिय युवा संघका कार्यकर्तामा चर्चा रहेको छ । सुनिल रसाइलीलाई बाँकेमा राष्ट्रिय युवा संघको बलियो खम्बाको रुपमा समेत चित्रण गरिदै आएको छ ।