नेकपा एमाले जानकीले सम्पन्न गर्‍यो बृहत् भेला

नेपालगन्ज : नेकपा एमाले (बाँके) जानकी गाउँपालिका कमिटीले बृहत पालिका स्तरीय भेला सम्पन्न गरेको छ।
केन्द्रीय कमिटीको सर्कुलर अनुसार ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित एकैदिन सञ्चालन गरिएको यो कार्यक्रमलाई एमालेले जेन्जी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्ने पहिलो चरणको जनजागरण अभियानका रूपमा लिएको छ।

बृहत भेलालाई सम्बोधन गर्दै नेकपा एमाले बाँकेका उप-सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजन किशोर थापाले जेनजीले उठाएका जायज मुद्दालाई एमाले मात्रै सम्बोधन गर्नसक्ने बताएका छन् ।

थापाले भेलालाई सम्बोधन गर्दै भने, “देशको वर्तमान शासन व्यवस्थाले जनताको विश्वास गुमाएको छ। भ्रष्टाचार, नातावाद र अनियमितताविरुद्ध जनताको आवाज एमालेमार्फत सशक्त रूपमा उठ्न थालेको छ। र जेन्जीले उठाएका जायज माग एमालेले मात्रै सम्बोधन गर्नसक्छ र एमालेले बिगत देखि प्रबिधी र युवाको आवाजलाई उठाउदै आएको भए पनि सामाजिक संजालमा फेक खाता तयार गरेर अन्तर्राष्ट्रिय शक्तिले देशमा ओली सरकार ढाल्न उक्त परिस्थिति सृजना गरेको हो भन्ने कुरा जनताले अब बुझिसकेका छन् ‘

त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य दिपा शर्माले एमाले एकमात्र देशको बिकासको लागी चिन्तन गर्ने र देशको बिकासको लागी योजनाबद्ध काम गर्ने पार्टी भएको बताउनु भएको थियो ।

नेकपा एमाले जानकी गाउँपालिका कमिटिको आयोजनामा सम्पन्न भेलामा उल्लेख्य सहभागितामा पालिका स्तरिय भेला सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले बाँकेका नेताहरु पदम धिताल, दिल्ली बिसी, हिमान्सु यादव, भुमिसरा धिताल लगायतका सहभागीले सम्बोधन गर्नुभएको थियो ।

नेकपा एमाले जानकी गाउँपालिका कमिटीले यसअघि नै जानकी गाउँपालिकाको सबै वडामा युवासंग सार्थक संवाद कार्यक्रम सम्पन्न गरिसकेको थियो ।

प्रतिक्रिया