कोरानाका कारण भारतमा एकको मृत्यु

एजेन्सी :

कोरानाभाइरसका कारण भारतमा पहिलो पटक एक जनाको मृत्यु

कोरोनाभाइरसका कारण भारतमा एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम ुइकोनोमिक टाइम्सुका अनुसार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । ती व्यक्ति साउदी अरबबाट आएका थिए ।

ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन ।

उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा. सुरेश शास्त्रीले बिहीबार जानकारी दिएका छन् । कोरोनाका कारण भारतमा मृत्यु भएको यो पहिलो घटना हो । भारतमा ७४ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ । 

दिल्लीमा कोरोनाभाइरस संक्रमति ६, हरियाणामा १४, केरलमा १७, राजस्थानमा ३, तेलंगानामा एक, उत्तर प्रदेश ११, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मूकश्मीरमा एक, पंजाबमा एक, कर्नाटकमा  चार र महाराष्ट्रमा ११ जना संक्रमित भेटिएका छन । दिल्ली लगायत अन्य शहरका स्कूल कलेज र सिनेमा हल २१ मार्चसम्म बन्द गरिएका छन् । 

प्रतिक्रिया