कोरोनाको आशंकामा क्यानडाका प्रधानमन्त्री पनि क्वारेन्टाइनमा

एजेन्सी :

कोरोनाको आशंकामा क्यानडाका प्रधानमन्त्री श्रीमतीसहित क्वारेन्टाइनमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी कोेरोनाभाइरस संक्रमणको आशंकामा घरभित्रै क्वारेन्टनाइनमा बसेका छन् ।

ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघाखोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

‘सावधानीस्वरुप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेका छन् र  सोफीको रिपोर्ट आइनपुग्दासम्म घरबाटै काम गर्ने निर्णयमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा उनले प्रान्तीय तथा क्षेत्रीय नेताहरुसँग यो स्वास्थ्यसमस्या समाधान गर्नेबारे फोनबाटै परामर्श गर्ने बताइएको छ ।

यसैबीच, कोरोनाको प्रकोपकै कारण विभिन्न भेला सम्मेलन पनि रद्द गरिएको क्यानडाको सञ्चारमाध्यम सीबीसीले जनाएको छ।

प्रतिक्रिया