भारतमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुग्यो, सयौँ घाईते

एजेन्सी :

भारतमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुग्यो, सयौँ घाईते

सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनका क्रममा प्रहरीको धरपकडबाट भारतमा २० जनाको मृत्यु भएको छ भने सयौं जना घाइते भएका छन् ।

प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री मोदीले शनिबार मन्त्रीहरुसंग छलफल गरेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

भारतको नयाँदिल्ली, उत्तरप्रदेशका मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारस लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ ।

भारतमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुग्यो, सयौँ घाईते

सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।

प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् ।

राजधानी दिल्लीमा विद्यालय र कलेज बन्द गरी विद्यार्थीहरुले समेत प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया