खगेन्द्र दाहाल, नेपालगन्ज :

दुर्घटना निम्ताउने गरी विजुलिका पोलहरु नहटाई सडक पिच गरिएको स्थानमा हप्ता दिन नवित्दै झार उर्मिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग सघिंय आयोजना कार्यानयन इकाई बाँके मार्फत आशिस कुमार श्रेष्ठ जेभि निर्माण कम्पनिले निर्माण गरेको पिच नेपालगन्जको बेलासपुर देखी खजुरा रोड जाने बाटोमा झार उम्रिएको हो ।
पिच निर्माण भएको हप्ता नहुदै विजुलीको पोल नजिक झार उर्मिएको हो । पिच बाटोमा झार उम्रिएपछि बाटोको गुणस्तरमा समेत कमिकमजोरी भएको प्रष्ट हुन्छ । पिच सडक निर्माण गर्दा विजुलिको पोल नहटाएर गल्ति गरेको निर्माण कम्पनिले सडकमा प्रयोग गरेको कच्चा पदार्थमा समेत ठुलो तुर्टि गरेको उर्मेको झारले पुष्टि गरेको छ ।
नागरिक समाज डटकममा विजुलिको पोल नसारी पिच निर्माण भनेर समाचार प्रकाशित भएपछि उक्त सडकमा शहरी विकास तथा भवन निर्माण विभाग सघिंय आयोजना कार्यानयन इकाई बाँकेले चासो देखाएको छ ।
कार्यालयका प्रमुख गणेस कर्माचार्यले उक्त बाटोमा भएको त्रुर्टि प्रति कार्यालयको गभ्भिर ध्यानाकार्षण भएको बताएका छन । प्रमुख कर्माचार्यले शुक्रबार इन्जिनियर तथा प्रावधिकहरु खटाई बाटोको विषयमा अनुगमन गर्न निर्देशन दिएका थिए ।
सोहि अनुरुप समाचारमा आएको भनिएको बाटोमा अनुगमन भएको छ । इन्जिनियर सुदिप झा, साइड इन्चार्ज बसन्ता बुढाथोकी लगाएतको टोलिले अनुगमन गरेका थिए ।
अनुगमन पछि कार्यालयका इन्जिनियर सुदिप झाले नागरिक समाज डटकमलाई जानकारी गराउदै विजुलीको पोल हटाउनका लागी सोमबार सम्ममा विद्युत प्राधिकरण, निर्माण कम्पनि सगं बैठक बस्ने र समाधानको उपाय खोजिने जानकारी दिएका छन ।
कार्यालय प्रमुख कर्मचार्यले विजुलिको पोल सार्न विद्युत प्राधिकरणसंग सहकार्य गरि निर्माण कम्पनिलाई परिपत्र गरिने प्रतिवद्धता जनाए ।
विजुलि पोल संगै सडकको गुणस्तरमा प्रश्न उठेको भन्दै कार्यालय प्रमुख कर्मचार्यले यसको फाइनल अनुगमन गर्न बांकी रहेकाले अनुगमन गरि त्रुर्टि प्रमाणित भए अनिवार्य निमार्ण सुधार गर्न लगाउने बताए ।

विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखन मल्लिकले जुन निकाय बाट सडक विस्तार गर्नेहो उसैको सम्पुर्ण जिम्मेवारी हुने बताएका छन । वितरण केन्द्रका प्रमुख मल्लिकले स्टुमिट बनाएर सहकार्य गरे लाग्ने रकम लिएर हटाइने बताए ।
उनले हाल सम्म सम्बन्धित निकायले विद्युतको पोल सार्न कुनैपनि लाग्ने शुल्क नतिरेको कारण पनि विजुलिको पोल सार्न नसकिएको हुन सक्ने प्रतिक्रिया दिए ।
बेलासपुर देखि खजुरा रोड निस्कने बाटोको गुणस्तरमा कमजोरी देखिएपछि शहरी विकास तथा भवन निर्माण विभाग सघिंय आयोजना कार्यानयन इकाई बाँकेले बाटोको गुणस्तरमा कुनै पनि छुन नहुने भन्दै जसरी पनि कमजोर स्थानमा पुन मर्मत गर्न लगाउने र पोललाई बाटोको छेउमा सार्न निर्माण कम्पनिलाई लगाउने जनाएको छ ।
निर्माण कम्पनिले विजुलीको पोल र कमजोर स्थानमा पुन निर्माण गरे मात्र फाइनल भुक्तानी प्रदान गरिने कार्यानयन इकाईका इन्जिनियर सुदिप झाले बताए ।
विहिबार मात्रै नागरिक समाजले आधा दर्जन बढि विजुलीका पोलहरु नहटाएरै पिच गरिएको समाचार प्रकाशित गरेको थियो ।
नेपालगन्जका ११ स्थानमा १५ किलोमिटर जति बाटो निर्माणको जिम्मामा पाएको आसिस कुमार श्रेष्ठ जेभि निर्माण कम्पनिले निर्माण गरेको उक्त बाटोमा कमजोरी देखिएको हो । हामिले निर्माण कम्पनिका सन्चालक नविन श्रेष्ठसंग सम्पर्क गर्न खोज्दा श्रेष्ठको मोबाइल अफ थियो ।












