बर्दिया :

बर्दिया राजापुरका प्रविन बेडवालले नेपाल आइडलमा सबैको मन जित्न सफल हुदै छन । मिठो स्वरका धनि प्रविन नेपाल आइडलको यात्रामा आफुलाई एक अव्वल प्रतिस्प्रधिका रुपमा उभाएका छन ।
शुक्रबार नेपाल आइडलको मन्चमा आफ्नो प्रस्तुती दिदै प्रविनले अफलाइटिङ्ग प्रोफेमेन्स जितेका छन । उनले २० हजार नगद सहित अफलाइटिङ्ग प्रोफेमेन्स प्राप्त गरेका थिए ।
प्रविनले शुक्रबार लैजाउ घुमाउन मलाई ठमेल बजार र नमाग मसंग साहारा नमाग बोलको गित प्रस्तुत गरेका थिए । भोटको आधारमा अघिल्लो राउण्ड उक्लन पर्ने हुदा उनलाई अहिले धेरै भन्दा धेरै भोटको आवश्यकता परेको छ ।
उनलाई भोट गर्नको लागी respect & rise download गर्ने अनि register मा click गर्न सकिने छ । त्यसको लागी Respect & rise को आइडी बनाएर आफ्नो इमेल आइडी राखेर रजिस्टर्ड गर्नुपर्छ , त्यसपछि भने भोट गर्न सकिन्छ ।
प्रविनलाई जिताउन देश तथा विदेशमा रहेका नेपालीहरुले अभियान नै सन्चालन गरेको बाँके बर्दिया मैत्री समाज जापानको अध्यक्ष सुशील मल्लले जानकारी दिए ।
अध्यक्ष मल्लले आफ्नो साथिहरुलाई आग्रह गर्दे भनेका छन् ‘सबैजनाले भोट गरी सहयोग गरिदिनु हुन्छ भन्ने आशा छ’ १० भोट फ्री हो हजुरको एक भोटले हाम्रो बर्दियाली र पश्चिमेलीको इज्जत रहन सक्छ त्यसैले प्रविन बेडवालका लागी भोट गरिदिनुहोला । प्रविनलाई भोट गर्न सोमबार राति १२ बजेसम्म पाइनेछ ।













