इटालीमा मेयरको कोरोना संक्रमणबाट मृत्यु, एकै दिन ३ सय ६८ को मृत्यु

इटालीमा मेयरको कोरोना संक्रमणबाट मृत्यु, एकै दिन ३ सय ६८ को मृत्यु

उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन् । चेने कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा पर्दछ ।

यसैबीच पछिल्लो २४ घण्टामा ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या २४ हजार ७ सय ४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

२३ सय ३५ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन ।

सोमबार बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन् ।

प्रतिक्रिया