स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

एजेन्सी :

स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ ।

भाईरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । तर, त्यसपछि उनको उपचारकै त्रममा निधन भयो । विश्वमा फैलिरहेको कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको अनुमान गरिएको छ ।

स्पेनमा अहिलेसम्म कोरोनाका कारण ३ सय ४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९ सय ४२ जना संक्रमित भएका छन् । 

प्रतिक्रिया