कोरोनाले छोएन नेपालगन्ज त्रिभुवन चोकको श्रम बजारलाई

रामु ओली :

कोरोनाले छोएन त्रिभुवन चोकको श्रम बजारलाई

सरकारले कोरोना भाइरस ( कोभिड-१९ ) नियन्त्रणका लागि भन्दै सिनेमा हल बन्द गर्ने निर्णय गरि सकेको छ । सिनेमा हल संगै खेलस्थल, जिम, डान्स बार तथा क्लब जस्ता क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको सरकारले एकै ठाउँमा २५ जना भन्दा बढिको जमघट तथा भिड नगर्न समेत अनुरोध गर्दै गर्दा नेपालगन्जको त्रिभुवन चोकमा हरेक दिन बिहानै देखि दुई सय बढिको समूह कामको खोजिमा बस्ने गर्छन् ।

नत उनीहरुले माक्स प्रयोग नै गरेका छन् नत उनिहरु लाई कोरोनाको त्रास नै छ । दिन भरी काम गरेर साझ रोटिको जोहो गर्ने उनिहरुको दैनिकी लाई भने कोरोनाले छुन सकेको छैन ।

हरेक दिन जसो बिहीवार पनि भारत बहराइचबाट मजदुरी गर्न आएका सन्जय कुमार शर्मालाई कोरोनाको भन्दा धेरै चिन्ता काम नपाएकोमा छ । साधारण दिनमा काम पाइने भएपनी आजभोलि झनै काम नपाइएको गुनासो शर्माको छ ।

नेपाल भारतको सिमाना आंशिक रुपमा बन्द रहेपनी उनी भने मजदुरी गर्न बिहानै नेपालगन्ज आइपुगेका हुन् ।

उनी जस्तै कोरोनाको चिन्ता भन्दा कामको चिन्ता लिदै कामको खोजिमा बिहानै देखि त्रिभुवन चोकमा बसेका बर्दियाका रतिराम थारुपनी दैनिकी ज्यालादारीमा काम नगरे खानाको जोहो नहुने बताउछन् ।

दैनिक ६०० रुपैयाँ मजदुरी प्राप्त गर्ने उनिहरुको रोजिरोटिको मुख्य आधार नै ज्यालादारीबाट प्राप्त आम्दानी हो । परिवारको भोको पेट भन्दा ठूलो कोरोनाको त्रास होइन उनिहरु बताउछन् । उता कोरोना भाइरस कै कारण काम प्राप्त हुन कठिनाई भएको समेत उनिहरुको गुनासो छ ।

नेपालगन्जको त्रिभुवन चोकमा जम्मा भएका अधिकाश मजदुरले मास्क लगाएका थिएन । कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावका कारण उनिहरुको मास्क र सेनिटाइज ह्याण्स बाँस सम्म पहुँच पुग्न सकेको छैन भने सरकारको २५ जना भन्दा बढी एकै स्थानमा नबस्न गरेको अनुरोधको खिल्ली समेत उडेको छ ।

सरकार तथा स्थानिय तहले कोरोना भाइरस बिरुद्धको अभियानको लागि गम्भीर भैरहेको भनिरहदा नेपालगन्जको अतिब्यस्त चोक त्रिभुवनको चोकको अवस्था भने दयनिय देखिन्छ ।

भारतबाट आएका ज्यालादारी मजदुरहरुको संख्या उच्च रहने त्रिभुवन चोकमा बिहानै देखि भिडभाड रहनुले नेपालगन्ज कोरोना भाइरसलाई लिएर उदासिन रहेको जनगुनासो बढ्दै गएको छ ।


प्रतिक्रिया