चेकजाँच गर्नुस अनि उपमहानगरपालिकाको काम गर्नुस्

नेपालगन्ज :

चेकजाँच गर्नुस अनि उपमहानगरपालिकाको काम गर्नुस्

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताउदै आएको छ । यता नेपालगन्ज खुल्ला सिमाना र छिमेकी देश भारतको लखनउमा कोरोना संक्रमीत भेटिसक्दा नेपालकै परिप्रेक्षमा पनि नेपालगन्ज उच्च जोखिममा रहेको प्रस्ट छ ।

यस्तो अवस्थामा स्थानिय सरकार चनाखो हुनु स्वभाबिक नै हो । र यो अवस्था संग लड्न सम्भव भएसम्म हरेक तह र तप्काबाट कोरोना भाइरस न्युनिकरण गर्नुपर्ने आवश्यक छ ।

त्यस्तैमा नेपालगन्ज उपमहानगरपालिकाले कोरोना भाइरसको चेकजाँच नगरी सेवाग्राहीलाई कार्यालय भित्र प्रवेशमा रोक लगाएको छ । कार्यालय छिर्नु अगाडी नै लेजर प्रविधि बाट तापमान नाप्ने र ह्याण्ड स्याजिटाइजरको द्वारा हात सफा गरेर कार्यालय छिर्ने ब्यवस्था मिलाएको छ ।

उपमहानगरपालिकाले संचालन गरेको यो अभियान बाट जनतामा सकारात्मक संदेश प्रवाह भएको छ ।स्थानिय सरकारले नै यसरी कोरोना बिरुद्ध लड्न सिकाउन्ज र त्यसको ब्यवस्थापन गर्नु उपमहानगरपालिकाको सकारात्मक कदम बताउने गर्छन नेपालगन्ज उपमहानगरपालिका ११ का मन बहादुर थापा ।

थाप जस्तै उनी संगै उपमहानगरपालिका पुगेका अर्का एक ब्यक्ति पनि उपमहानगरपालिकाको यो कार्यले खुसी प्रदान गरेको बताएका छन् ।

चेकजाँच गर्नुस अनि उपमहानगरपालिकाको काम गर्नुस्

प्रतिक्रिया