नेपालगन्ज :
बाँकेका बिद्यार्थी संगठनले कोरोना भाइरस प्रती चिन्ता ब्यक्त गर्दै एक बिज्ञप्ति जारी गर्दै यस्तो समयमा विभिन्न समूह तथा पेशा गरि बस्ने ब्यक्ति तथा जनसमुदायमा सचेत रहन र सचेतना फैलाउन अनुरोध गरेको छ ।
बाँकेका विद्यार्थी संगठनहरु अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्र जंग शाह ( जम्बो ), अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबि शाही , समाजवादी विद्यार्थी यूनियन बाँकेका अध्यक्ष एवं केन्द्रीय सदस्य मोहम्मद फैज , नेपाल विद्यार्थी संघ बाँकेका सचिव चक्र बहादुर रावत र अखिल छैटौं बाँकेका अध्यक्ष नवराज चन्दले हस्ताक्षर गरेको बिज्ञप्तिमा कोरोनाको संक्रमण देखिएको अवस्थामा उपचारमा पर्याप्त तयारी गर्नको लागी प्रदेश ५ सरकार संग अनुरोध समेत गरेको छ ।
बिज्ञप्तिमा २०७६ साल चैत्र ४ गते विभिन्न विद्यार्थी संगठनको बैठकको केन्द्रीय निर्देशन अनुसार विश्वव्यापी माहामारीको रुपमा फैलिदै गएको नोवल कोरोना भाइरसको संक्रमणबाट जोगिने बारेमा बाँके स्थित विभिन्न क्रियासिल संग संगठनहरुको बैठक बसि तपसिल अनुसारको छलफल भएको व्यहोरा जानकारी गराइन्छ । र कोरोना भाइरस भित्रन नदिनको लागी आन्तरीक विमान स्थाल, प्रदेश ५ का सबै सिमा नाका बाट औषधी र अत्याअवश्यक सामाग्री ढुवानी वाहेकका सम्पुर्ण आवज जावत तत्काल रोक्न प्रदेश सरकारलाई माग गर्दछौँ । अत्याआवश्यक काममा आवतजावत गर्नुपरेमा मेडिकल परिक्षण रिपोर्ट देखाएर आवतजावत गर्न दिनु अनुरोध गर्दछौँ ।
त्यस्तै कोरोनाको संक्रमण देखिएको अवस्थामा उपचारमा प¥याप्त तयारी गर्नको लागी प्रदेश ५ सरकार संग अनुरोध गर्दछौ । धेरै भिड हुने स्थानहरु अस्पताल, सार्वजनीक यातायात, बैंक, मन्दिर, मस्जीत, गुम्बा, चर्च, पार्क, सिनेमा हल, व्यापारिक केन्द्र, उद्योग लागाएतका स्थानमा सचेतना अपनाउन अनुरोध संगै कोरोनाको नाममा डर त्रास फैलाई बजारमा कृतिम अभाव सिर्जना गर्ने कालोवजारी नगर्न चेतावनी दिदै कालोवजारीमा संलग्नहरुलाई कडा कारबाही गर्न माग गर्दै संयूक्त विद्यर्थी संगठनहरुको तर्फबाट बजार अनुगमन गर्ने निर्णय भएको छ । कालोबजारी नियन्त्रण गर्नको लागी सबै जनता सचेत रहि प्रदेश सरकारलाई सुचना दिन अनुरोध गर्दछौं बिज्ञप्तिमा भनेको छ ।
हेर्नुस् बिज्ञप्ति :












