कोरोना कोरोना भन्दै धेरै बिरामीहरु अस्पताल आउने सम्भावना

के-पी- घिमिरे :

अहिले विश्वलाई कोभिड १९ अर्थात कोरोना भाइरसले ठूलो चुनौती दिएको छ । अहिले विश्वले यसलाई महा विनाशकारी भाइरसको संकेत गरेर महाकाल घोषणा गरिसकेको छ । आजभोलि बच्चा देखि बृद्धअबश्था सम्मका सबैको मुखमा कोरोना भाइरसको भूत चढेको छ , यदि यस्तै अबस्था रहिरहने हो भने अबको केही महिनापछि प्रत्येक अस्पतालमा मानसिक अबस्था गुमाएका रोगी बढ्ने निश्चित छ ।

कोरोना यस्तो भयावह भयो कि यसले चिकित्सकलाई पनि छोडेन भर्खरै केरलामा चिकित्सकलाई अाक्रमण गरेको छ । चिनमा कैयौं चिकित्सकहरुले ज्यान गुमाए, इटालीमा मर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दैछ छ, थुप्रै देशहरूमा संकटकाल घोषणा गरेर सावधानी अपनाएका छन् भने अब सर्वसाधारणको अबस्था के होला । कहिले चिनले औषधि पत्ता लगायो भनेर त कैले भारतमा अौषधि पत्ता लाग्यो भनेर पत्रपत्रिकामा समाचारहरु आए पनि वास्तविकता अझैसम्म अाएको छैन् । यदि साच्चिकै औषधि नै पत्ता लागिसकेको हो भने किन यतिसारो डराउनु ।

भारतमा सरकारले कर्फ्यु लगाउदै छ नेपालमा अत्यावश्यक ठाउँमा बाहेक लामो विदा दिने सरकारले जनाएको छ । नेपालमा बिद्यालय, क्याम्पसहरु एक महिनाका लागि विदा दिइसकेको छ । अहिले बजारमा मास्क र हेन्ड सेनिटाइजरमा कालोबजारी भएको छ ।यही हो पैसा कमाउने भनेर व्यापारीले मौका छोपेको देखिन्छ । सामान्य ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्म र हेण्ड सेनीटाइजरलाई पसल पिच्छे फरक फरक रकम मुल्यभन्दा कैयौं गुणा बढीमा बिक्रीवितरण गरेको पाईन्छ ।

बजारमा व्यापारीले मास्क र सेनिटाइजरको कृतिम अभाब गराएका छन् । मान्छे हेरेर बिक्रीवितरण गर्ने गरेको जन गुनासो अाइरहेको छ । सरकारले त्यस्ता व्यापारीलाई कार्यवाही गर्ने भनेता पनि उच्च तहका सरकारी कर्मचारीले नै महंगोमा खरिद गर्ने गरेको पाइन्छ । अब यहाँ पहुँचमा रहेकाको यस्तो हालत छ भने सर्वसाधारणको के स्थिति होला सहजै अनुमान लगाउन सकिन्छ ।

बिस्तारै बिस्तारै बजारमा खाद्यान्न, तरकारी , लत्ताकपडाको पनि भाउ व्यापारीले बढाउने निश्चित छ किनकि उनीहरूलाई केही पनि अायात भएको छैन भन्ने बहाना मिल्ने छ अन्तिममा मर्ने र पिल्सने भनेका गरिब र निमुखा जनताहरु नै हुन् । नीजि संघसंस्थामा काम गर्ने कर्मचारीको कुनै सुरक्षा छ‌ैन् । काम गरे दाम पाउछन् काम नगरे माम नपाउने कर्मचारीहरुको छुट्टै बेदना छ । सरकारी कर्मचारीहरुले त काम गरे पनि नगरे पनि दाम पाउने नीजिमा काम गर्नेको भनाइ रहेको छ ।

अहिले कोरोनाको रोकथामका उपाए भनेको एक्लै बस्ने , मास्क लगाउने , घरमै बस्ने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने, सेनिटाइजरले हात धुने हो तर गरिब निमुखाहरुलाई के यो सम्भब छ त एकपटक सोचौं दिनभरि अरुको काम गरेर, साझ बिहान हातमुख जोर्नेलाई कसरी सम्भब छ ।

अहिले जता गयौं उतै कोरोनाको चर्चा छ बच्चा देखि बृद्धाको मुखमा यही झुन्डिएको छ । सामान्य रुघाखोकी लाग्दा पनि यहीको संकाले नजिक जान डराउने भयावह अबस्था नआउला भन्न सकिन्न यस्तै मानसिक सोचाइ बढ्दै जाने हो भने केही महिना भित्र मै प्रत्येक अस्पतालमा यसै रोगका बिरामी कोरोना कोरोना भन्दै बडबडाउदै अस्पताल भरिने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया