नेपालगन्ज नाका: भारतमा असुरक्षित महसुस गरी नेपाल फर्किनेको घुइँचो

केपि घिमिरे /नेपालगन्ज :

नेपालगन्ज नाका: भारतमा असुरक्षित महसुस गरी नेपाल फर्किनेको घुइँचो

अहिले विश्व कोरोना भाइरसको कारण संकटकालिन अवस्थामा रहेको बेला छिमेकी राष्ट्र भारतमा रोजगारीका लागि गएका मानिसहरु भारतमा फैलिएको कोरोनाका कारण असुरक्षित महसुस गरी नेपाल फर्किनेको नेपालगन्ज नाका जमुनामा घुइँचो लाग्ने गरेको छ ।


प्रत्येक दिन हजारौंको सङ्ख्यामा नेपाल भित्रिने गरेको जमुना नाकाले बताएको छ । अहिले अति आवश्यक बाहेक अन्य कामका लागि भारत जान दिइएको छैन । भारतीय नागरिक छन् भने जान दिने र भारतबाट नेपाल आउनेहरुलाई कोरोना सम्बन्धि ज्वरो कति छ भनेर चेकजाँच गरेर आउन दिइएको छ ।

भारत घर भएका नागरिक नेपाल प्रवेश गर्दा ज्वरोको तापक्रम बढी देखिएमा सम्झाइ बुझाइ गरेर उनीहरुलाई उतै फर्काउने गरेको त्यहा खटिएका हेल्थ असिस्टेन्ट सन्देश बहादुरी शाहीले बताए ।

दैलेख घर भएका जङ्ग बहादुर शाहीले हामी गोरखपुरमा काम गर्ने गरेकोमा त्यहाँ कोरोनाका डरले कम्पनीले छुट्टी दियो अनि हाम्रो १५ जनाको टीम नेपाल फर्केको बताए ।

अहिले मालवाहक गाडी बाहेक अरु सवारीसाधनलाई अावाज जावत गर्न पुर्ण रुपमा रोक लगाइएको छ । जनजीवन भय, डर र त्रासको कारणले चिन्तित रहेको छ । अरुभन्दा पनि खाद्यान्न नपाइने हो कि वा पाइए पनि महंगोमा पाइने हो भनेर सर्वसाधारणलाई चिन्ता लागेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया