एजेन्सी:

फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले उचालेको छ ।
कतारको दोहामा शनिबार राति भएको फाइनलमा मेक्सिकन क्लव फेरमिंगोलाई १–० गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो पटक क्लव विश्वकपको उपाधि जित्न सफल भएको हो ।
लिभरपुलको जितमा रोबेर्टो फेरमिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
युरोपियन च्याम्पियन लिभरपुलले निर्धारीत ९० मिनेट गोलरहित बराबरी गरेको थियो ।
निर्धारीत समयमा गोलरहित बराबरी भएपछि खेल अतिरीक्त समयमा धकेलियो थियो । जसमा लिभरपुलले ९९ औं मिनेटमा अग्रता लियो ।
फिफा क्लव विश्वकपको इतिहासमा अतिरीक्त समयमा गएको यो चाैथाे फाइनल हो ।
यसअघि सन् २०००, २००९ र २०१६ मा भएको फाइनल पनि अतिरीक्त समयमा गएको थियो ।
यो उपाधिसँग लिभरपुलले क्लव स्तरमा खेल्ने सबै प्रतियोगिताको उपाधि जिन सफल भएको छ ।









