क्वारेन्टाइनका लागि प्रेसिडेन्ट ग्रुपले सरकारलाई होटेलहरू निःशुल्क दिने

काठमाडौं :

होटेल व्यवसायी महासंघका सचिव समेत रहेका प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफ्नो होटेललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका छन् ।

भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटेलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन् । प्रेसिडेन्ट ग्रुपले काठमाडौं, चितवन, रुपन्देहीमा होटेल तथा रेष्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ ।

होटेलका कर्मचारीहरूका लागि केही कोठा राखेर बाँकी सबै कोठा क्वारेन्टाइनका लागि सरकारलाई दिने उनले बताए । ‘काठमाडौंमा रहेका प्रेसिडेन्ट ग्रुपका ४ वटा होटलका १०० वटा कोठामध्ये केही कोठा हाम्रा कर्मचारीहरूका लागि राखेर बाँकी सरकारलाई कोरोना भाइरसको संक्रमणको माहामरीको अवस्थामा क्वारेन्टाइन बनाउन आवश्यक पर्छ भने जुनसुकै बेला पनि उपलब्ध गराउनेछु’, प्रेसिडेन्ट ग्रुपका अध्यक्ष भण्डारीले भनेका छन् ।

सरकारलाई क्वारेन्टाइनका लागि कुनै पनि बेला होटेल आवश्यक पर्‍यो भने ९८५१११५३० मा सम्पर्क गर्न आग्रह गरेका छन् । ठूला व्यापारीहरूले कालोबजारी गर्नेदेखि महँगा मूल्यमा बस्तु बिक्री गरिरहेका बेला प्रेसिडेन्ट ग्रुपका अध्यक्ष भण्डारीले सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

क्वारेन्टाइनका लागि प्रेसिडेन्ट ग्रुपले सरकारलाई होटेलहरू निःशुल्क दिने

भण्डारीले आफ्ना कर्मचारीहरूलाई कार्यक्षेत्रबाट घर जान चाहनेलाई अग्रिम तलबको व्यवस्थासहित बिदा गरिएको बताएका छन् । कार्यक्षेत्रमै रहन चाहने कर्मचारीलाई कम्तिमा एक महिनासम्मको आवश्यक रासनपानी, नुन, तेल, ग्यासको उचित प्रबन्ध मिलाएको उनले बताएका छन् ।

‘यो समयमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरूमा स्वास्थ्यको सवालमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु’, उनले भनेका छन् ।

प्रेसिडेन्टका हालसम्म १० वटा शाखा रहेका छन् । ती होटेलहरूमा कारीब २०० जनाले प्रतेक्ष रोजगारी पाएका छन् । प्रेसिडेन्ट ग्रुपले आफ्नो कमाइको केही अंश सामाजिक कार्यहरूमा लगाउँदै आएको छ ।

प्रेसिडेन्ट ग्रुपले गुल्मी जिल्लाको चन्द्रकोट ७ मा रहेको श्री शारदा उच्च माविमा करीब १५ जना गरीब तथा जेहेन्दार विद्यार्थीको अभिभाकत्व लिएको छ । प्रेसिडेन्ट ग्रुपले केही समय अगाडि धुर्मुस सुन्तली फाउण्डेसनलाई रंगशाला बनाउनका लागि पनि ७५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । यो ग्रुपले चितवनमा रहेको चेपाङ केन्द्रलाई पनि निरन्तर सहयोग गर्दै आइरहेको छ ।

क्वारेन्टाइनका लागि प्रेसिडेन्ट ग्रुपले सरकारलाई होटेलहरू निःशुल्क दिने

प्रतिक्रिया