नेपालगन्ज:

आइतबार देखी नेपालगन्ज-जमुनाह नाका ७ दिनका लागि बन्द गरिसकेको अवस्थामा बाँकेको भुजईगाँउमा रहेको भाटभटेनी सुपर मार्केट भने बन्द भएको छैन ।
नेपालगन्जको भुजईगाँउमा रहेको भाटभटेनी सुपर मार्केटले अत्यावश्यक सामाग्री बाहेकका अन्य सामाग्री बेचबिखन भने बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढेसगै राज्यले गरेको निर्णयको अक्षरस पालना गर्दै भाटभटेनीले खाद्यान्न बाहेकका अन्य कारोबार बन्द गरेको ब्यवस्थापक विनोद भट्टराईले नेपालगन्जका संचारमाध्यममा जानकारी दिएका थिए । तर खाद्यान्नको लागि भाटभटेनिमा जानेको भिड देख्दा भाटभटेनी बन्द गर्नु वा उच्च ब्यवस्थापनको अति आवस्यक रहेको देख्न सकिन्छ ।
भाटभटिले प्राङ्गणमा हात धुने ब्यवस्थापन र ज्वरो नाप्ने यन्त्र सहितको कर्मचारी खटाए पनि त्यो स्वैच्छिक मात्रै छन् ।
आइतबार करिब ४:३० बजे तिर नागरिक समाजको टिम भाटभटेनि पुग्दा भुइतलामा रहेको खाद्यान्न पाइने स्थानमा करिब दुई सय बढिको हाराहारीमा खरिदारी गर्ने मानिस रहेका थिए भने ठेलमठेल गर्दै काउन्टरमा पैसा तिर्नेको लाइन रहेको थियो ।
सरकारले २५ जना भन्दा बढी एकै स्थानमा जम्मा नहुनु भनेर उर्दि र अनुरोध गर्दा समेत एकै छतमा दुई सय बढी मानिस भाटभटेनिको भुइतलामा रहेको मार्केट हुनुले कोरोना प्रतिको हाम्रो संबेदनसिलता कति रहेको छ भनेर प्रष्ट पार्दछ ।
सरकारले कोरोना भाइरस फैलन सक्ने कुरालाई मध्यनजर गर्दै कार्यालय , अध्यन संस्थान , एसईई बन्द गरेर सबैमा आवश्यक काम बाहेक बाहिर ननिस्किन आव्हान गरेको अवस्थमा भाटभटेनिमा त्यसरी उच्च ब्यवस्थापन बिनै त्यसरी ग्राहकको भिड लाग्नु उचित नहुने भन्दै आलोचना समेत भैरहेको छ ।









