कालोबजारी गरेको पाइए कडा कार्वाही गर्ने अध्यक्ष यादवको चेतावनी

चार स्थानमा हेल्प डेस्क


नेपालगन्ज :

चार स्थानमा हेल्प डेस्क

बाकेको जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले बिपत्तिको समयमा कसैले कुनै पनि किसिमको अभाव सृजना गरि कालोबजारी गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष यादवले विषम परिस्थितिमा सम्पुर्ण गाउँपालिकाबासीमा अत्यावश्यक काम बाहेक घर देखि बाहिर ननिस्कन समेत आव्हान गरेका छन् । गाउँपालिकाले पालिका भित्र वडा नम्बर एक साइगाउ , वडा खजुरा गुलरिया सडग खण्डमा , गाउँपालिका कार्यालय र वडा नम्बर ६ को पिप्रहवा चोकमा हेल्प डेस्क स्थापना गर्ने र हरेक वडाको स्वास्थ्य चौकी वा वडा कार्यालयमा भोलि देखि नै स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना हुने समेत जानकारी दिएका छन् ।

‘हामी कोरोनाको कारण त्रसित मात्रै हुने हैन हामिले त्यसबाट बच्न सतर्कता अभियान संगै तयारी गर्नुपर्ने कुराहरुमा हामी तयारी बस्नु पर्छ जसको लागि गाउँपालिका तयार छौं- , यादवले बताए ।

जानकी गाउँपालिकाले बिश्वभरी नै फैलिएको कोरोना भाइरसको संक्रमण नहोस भनेर सचेतना फैलाउने कार्य र हेल्प डेस्क स्थापना गरेर कार्य गरेको र सार्वजनिक बिदाका दिनमा समेत सो कार्यमा कर्मचारी खटाएर कोरोनाको विरुद्ध गाउँपालिका लाग्ने जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत हरि बहादुरखत्रीले बताएका छन् ।

गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै १० गते देखि अत्यावश्यकका सेवाहरु दिने भएपनि अत्यावश्यक बाहेकका सबै किसिमका सेवाहरु २१ गते सम्मलाई बन्द गर्व्को जानकारी गराएको छ ।

प्रतिक्रिया