कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाईनमा बस्न सुझाव

नेपालगञ्ज :

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाईनमा बस्न सुझाव दिएको छ ।

वडा अध्यक्ष प्रमोद रिजालले आईतबार विज्ञप्ती जारी गरि कोरोना भाईरस देखिएको भारतका विभिन्न शहरबाट नेपालीहरु फर्किरहेको अवस्थामा वडा नम्बर १ सहित नेपालगञ्जबासी जोखिममा रहेको भन्दै प्रक्रिया पु¥याएर घरमै बसिदिन अपिल गर्नुभएको छ ।

                                                 प्रेस विज्ञप्ती

चीनबाट शुरु भै विश्वब्यापी रुपमा संक्रमणको रुपमा फैली महामारीको रुप लीइरहेको कोरोना भाइरस छिमेकी राष्ट्र भारतमा समेत तिब्र गतिमा बढिरहेको सन्धर्भमा नेपाल त्यस बाट अछुतो रहन सक्ने अवस्था न्युन रहेको र त्यस माथि हामी नेपालगंज बासी सिमा नाका भारत संग जोडिएको र प्रतेक दिन दश हजार को दरले भारतबाट नेपालीहरु सो देश फर्किरहेको अवस्थामा सिगो नेपालगंज सहित हामी वडा नं १का वडा बासीहरु पनी कोरोना भाइरसको संक्रमण पर्न सक्ने सम्भावना रहेकाले सम्पुर्ण नगर तथा वडा बासीहरुमा निम्न बमोजिमको सर्तकता अप्नाई सेल्फ क्वारेन्टाइन अर्थात घर भित्र सुरक्षित प्रक्रिया अपनाई बसीदिन हुन हार्दिक अनुरोध गर्दछु ।

  • अत्या आवश्यकीय काम बाहेक घर बाट बाहिर ननिस्कने ।
  • भिडभाड जन्य कार्य नगर्ने र भिडभाडमा नजाने ।
  • बारबार साबुन पानीले मिचिमिचि हात धुने ।
  • माछामासु तथा मासु जन्य बस्तुहरु राम्रो संग पकाएर मात्र खाने ।
  • जंगली तथा घर पालुवा पसु पंछिको सम्पर्क बाट टाढा रहने ।
  • ज्वरो सहित रुगा खोकीको लक्ष्यण देखिएमा स्वस्थाय कर्मी तथा स्वास्थय संस्थामा गई आवश्यक परामर्श लिने ।
  • कोरोना भाइरसको संक्रमण बाट बच्न आफ्नो सुरक्षा अपनाउने र अपनाउन लगाउने ।
  • घर बाट निस्कने परेन मास्कको प्रयोग गर्ने र घर भित्र आउदा साबुन पानीले हात धोई घर भित्र पस्ने ।

साथै कोरोना भाइरस बाट आम वडा बासीलाई सुरक्षीत राख्न तत्काल मास्क बितरण, बिभिन्न पर्चारात्मक अभियान संचालन,सरसफाई र वडा स्तरमा हेल्थ डेस्क स्थापना गरि स्वास्थय परिक्षण गरिने ब्यहोरा ब्यहोरा जानकारीका लागि अनुरोध छ । वडा बासीको स्वास्थयलाई मध्यनजर गरि नेपाल सरकार तथा नेपालगंज उप–महानगरपालीकाको निर्णयलाई आत्मसात गर्दै यहि चैत ९ गते देखि २१ गते सम्म वडा कार्यालय बाट दिइने सेवाहरु मध्ये अत्यआवश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट वडा बासीमा पर्ने असुबिधाका लागि क्षमा याचना र सहयोगको अपेक्षा सहित ।
प्रमोद रिजाल
वडा अध्यक्ष वडा नं १
नेपालगञ्ज उपमहागरपालिका

प्रतिक्रिया