नेपालगन्ज :

सरकारले आइतबार देखी देशभर नै लक डाउनको गर्ने घोषणा गर्दा नेपालगन्जमा भने चहलपहलमा कुनै फरक परेको छैन ।
हिजो अर्थात आइतबारसम्म बजार , पसल , शोरुम , औद्योगिक क्षेत्रका उद्योग , र साधारण चिया पसल देखि होटेल सम्म खुलेकोमा आइतबार भने अधिकाशं पसल र ठुला संस्थाहरु बन्द भएपनि मानिसहरूको चहलपहलमा भने कमि आएको छैन ।
सरकारले तथा नेपालगन्ज उपमहानगरपालिकाले समेत अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दै आफ्ना सम्पुर्ण सेवाहरु बन्द गरि सकेको अवस्थामा नेपालगन्जबासी भने करोनाको विषयलाई लिएर संबेदनसिल बन्न नसकेको देख्न सकिन्छ ।
उता नेपालगन्ज जमुनहा सिमानाकामा करिब ३-४ सय बढि नेपालीहरु भारतका विभिन्न स्थानबाट आएका नेपालीहरु अलपत्र भएर बसेका छन् । उनिहरुको खाना र पानीको लागि नेपाल प्रहरीले ब्यवस्था गरेको छ ।











