नेपालगन्ज :

नोभेल कोरोना भाइरस बारे सचेतना जगाउन खजुरा गाउँपालिकाले प्रचार प्रसारलाई तिव्र पारेको छ । गाउँपालिकाले हिजो देखी हरेक वडाका टोलहरुमा पुगेर कोरोना भाइरसका बारेमा पर्चा तथा माइकिङ्ग गरिरहेका छन ।
खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको मैटहवा माविमा क्यारेन्टाइनका लागी तयारी अवस्थामा राखिएको गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
अहिले तत्कालका लागी ४० वटा बेडको व्यवस्था गर्न बेड अडर गरिसकेको अध्यक्ष कक्षपतिले बताए । त्यस्तै प्रदेश सरकारले निर्णय गरे बमोजिम खजुरा क्यान्सर अस्पताललाई आइसोलेसन बनाउन तयारी थालीएको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन ।
रोग लाग्नु भन्दा पहिले नै यसको रोकथामको उपाय अपनाउनहुन गाउँपालिकाले आफ्ना जनतालाई आग्रह समेत गरेको छ । पुर्ण रुपमा सुरक्षित भएर घरमै बस्न पनि पालिका अध्यक्ष कक्षपतिले आग्रह गरेका छन ।
गाउँपालिकामा प्रत्येक वडामा गठित स्वयम सेवक दस्ता र वडा स्तरिय टाक्सफोर्स सुचना दिनको लागी खटाइएको अध्यक्ष कक्षपतिले बताए ।









