बाँकेमा भोलिदेखि ‘जनता कर्फ्यु’

नेपालगन्ज :

बाँकेमा भोलिदेखि ‘जनता कर्फ्यु’

बाँकेमा भोलिदेखी ‘जनता कर्फ्यु’ लागु गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय बाँकेले एक सुचना जारी ‘जनता कर्फ्यु’ लागु गर्ने जानकारी दिएको छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले जनतालाई आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कसैलाई घरबाहिर ननिस्कन आग्रह गर्दा पनि अटेर गरेर भिडभाड गरेको र जसले कोरोना भाइरसको जोखिम बढाएको महसुस गर्दे ‘जनता कर्फ्यु’ लागु गर्न लागिएको जानकारी दिए ।

भारत बाट सोमबार नै पाँच सय बढिको संख्यामा नेपालीहरु नेपाल भित्रिएसगै राखिएको क्वारेन्टाइनमा पनि नबसी भागेकाले पनि कोरोना भाइरस भित्रिने जोखिम बढेकाले उक्त निर्णय लिन परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

अत्यावस्यक १९ वटा सेवा बाहेक अरु बन्द गर्ने सिडिओ खड्काले बताएका छन । सिडिओ खड्काले दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने गराउने बाहेक अरु पसल व्यवसाय अर्को सुचना नआउदा सम्म बन्द गराउने निर्णय भएको बताएका छन ।

प्रशासनले निर्यण गरे सगै स्थानिय तहहरुले पालिकाहरुमा यसको जानकारी दिन माइकिङ्ग समेत गरीरहेका छन ।

हेर्नुस् बाँके प्रशासनले गरेको निर्णय

अत्यावश्यक काम बाहेक घर बाहिर निस्किए बल प्रयोग गर्ने ।
अत्यावश्यक काम बाहेक घर बाहिर निस्किए बल प्रयोग गर्ने ।
अत्यावश्यक काम बाहेक घर बाहिर निस्किए बल प्रयोग गर्ने ।

प्रतिक्रिया