खजुरा पनि अटेरी : खुल्लै छन् बजार

khajura

नेपालगन्ज :

खजुरा पनि अटेरी : खुल्लै छन् बजार

बाँके प्रशासनले भोलि अर्थात मंगलबार देखि लागू हुने गरि जनता कर्फ्यु अवधारणा ल्याइएको अवस्थामा बाकेको खजुरा बजारका अधिकाशं पसलहरु खुल्लै छन् ।

खजुरा चहलपहलमय नै देखियो । ब्यक्तिहरु पैदल , ब्यक्तिगत सवारीसाधन र सार्वजनिक सवारीसाधान मार्फत आवतजावत गर्नेगरुको पनि कमि छैन ।

सरकारले कोरोना भाइरसको विश्व समुदायमा पारेको आतंक तथा भारतको लखनउमा समेत कोरोनाको संक्रमण देखा परिसकेको अवस्थामा सचेत रहन र घर भित्रै बस्न आव्हान गर्दा समेत नेपालगन्ज लगायत खजुराका बजारहरु साधारण जस्तै खुल्ला देखिएका छन् ।

उता खजुरा गाउँपालिकाले पालिका भरी सुचना प्रकाशित तथा माइकिङ गर्दै जनचेतना संगै घरबाट ननिस्किन आह्वान गरेको छ तर खजुराको मुटु खजुरा बजार र एक नम्बर बजार भने निस्फिक्री रुपमा चलायमान रहेको छ ।

खजुरा पनि अटेरी : खुल्लै छन् बजार

प्रतिक्रिया