‘जनता कर्फ्यु’मा खाद्य पसल खोल्न पाइने

नेपालगन्ज :

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले यतिबेला देश ‘लक डाउन’ गरेको छ। अबको एक हप्तासम्मा जनतालाई घर बाहिर निस्किन रोक लगाएपछि बाँकेको नेपालगन्ज शहर सुनसान बनेको छ।

बाँकेमा पनि ‘जनता कर्फ्यु’ लागू गरेपछि खाद्यान्न सामाग्रीहरुको अभाव भएको उपभोक्ताहरुले गुनासो गरेका छन। यता बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले खाद्यान्न सामाग्री अभाव हुन नदिनको लागि खाद्य पसल खुल्ला राख्न दिइने प्रतिक्रिया दिएका छन।

साथै नजिकैको खाद्य पसलमा कुनै भिडभाड नगरी उपभोक्ताले खाद्यान्न सामाग्रीहरु किनमेल गर्न सक्ने पनि प्रमुख जिल्ला अधिकारी खड्काले बताए। उनले अत्यावश्यक बस्तु भित्र खाद्यान्न पनि पर्ने भयकाले पसल खोल्न आग्रह गरेका छ्न । पसल नखोले कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी खड्काले नागरिक समाजलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया