नेपालगन्ज :
नेपालगन्ज करमोनहाका उनीहरुको दैनिकी एकै किसिमको हुन्छ । हरेक बिहान दुध दोएर नेपालगन्ज ल्याउनु हो । साइकलको अगाडी दुई तीन वटा कित्लि या क्यान राखेर हरेक दिन नेपालगन्जका घरहरुमा पुग्ने गर्छन् ।
कोरोना भाइरसको त्रास र कोरोना सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले जनता कर्फ्यु अर्थात लकडाउन गरेको दिन पनि उनीहरुको दैनिकी उस्तै छ ।
सरकारले दुध लगायतका अत्यावश्यक सेवा तथा उत्पादन बेचबिखन तथा उत्पादनमा रोक लगाएको छैन ।
तस्वीर नागरिक कर्मीले बिहानै औद्योगिक क्षेत्र नजिक खिचेको हो।














