खजुरा वडा नम्बर १ को मैटहवा माबिमा क्यारेनटाइन स्थापना

खजुरा :

खजुरा गाउँ पालिकाले वडा नम्बर १ को मैटहवा माबिमा क्यारेनटाइन स्थापना गरेको छ ।

कार्यपालिकाको ४९ औ बैठकले निर्णय गरे बमोजिम मैटहवा माबिमा प्राम्भरिक चरणमा २० बेडकाे क्यारेनटाइन स्थापना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

आवश्यकता अनुसार अरु बेड थप गरिने अध्यक्ष कक्षपतिले बताएका छन् । बेड स्थापना गर्न नेपाल रेडत्रस सोसाइटी बागेश्वरी उप शाखाले कम्बल, बाल्टि, मग, मेट्रेस आदि सहयोग गरेको थियो ।

प्रतिक्रिया