लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)

यज्ञराज उपाध्याय, टीकापुर:

लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)

विश्वभर महामारीको रुप लिएको कोभिड – १९ नोबेल कोरोना भाइरसले नेपालमा पनि लकडाउन घोषणा भएसँगै सधैं व्यस्त रहने ठाउँहरु सुनसान देखिएका छन् ।

छिमेकी मुलुक भारतमा १० जनाको मृत्यु र ४ सय भन्दा बढीलाई संक्रमण भएको देखिएपछि नेपाल सरकारले तत्काल एक्सन लिएको छ ।

सुरुमा भारतसँग सिमा जोडिएका नाकाहरु बन्दपछी देश नै लकडाउन गरेपछि राजधानी लगायत नेपालका ठुला ठुला सहरहरु पनि सुनसान भएका छन् ।

यसको प्रभाव पुर्वी कैलालीमा पनि देखिएको छ । टीकापुर, भजनी, जोशिपुरका सडकहरु सबै खाली देखिन्छन् ।

लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)

लकडाउनको पहिलो दिन फाट्टफुट्ट मान्छेहरु सडकमा देखिएपनि दोश्रो दिनदेखि थप कडाई गरिने सुरक्षा निकायको भनाई छ । ईलाका प्रहरी कार्यालय टीकापुरले पहिलो दिनमात्र लकडाउन उल्लंघन गर्ने ४० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय जोशीपुरले तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

भाइरस फैलन नदिने र सबैलाई सुरक्षित हुनका लागि लगाइएको लकडाउनले अत्यावश्यक वस्तुहरुको उपभोगमा समेत असर पर्ने देखिन्छ ।

अचानक लागेको लकडाउनमा नागरिकले अत्यावश्यक सामान खरिद गर्न सकेनन् र सबैसँग ७ दिनसम्म पुग्ने उपभोग्य सामान नहुन पनि सक्छ । लकडाउनको डरले अत्यावश्यक वस्तु विक्रीवितरणका व्यापारीहरु समेत पसल खोल्न डराउने गरेका छन, जसले बजार थप सुनसान बनेको छ ।

लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)

मंगलबार बिहानैदेखि सुरु भएको लकडाउनमा दिनभरी बजार सुनसान नै थियो तर साझपख भने घर वरिपरि बजार क्षेत्रमा समेत फाट्टफुट्ट मान्छेहरु हिनिरहेका देखिन्थे ।

प्रहरीहरुको समूह पनि कहिँ कहिँ बाहिर नआउन भन्दै सम्झाइरहेका देखिन्थे । जसले कोरोना भाइरस फैलिन नदिनमा सहयोग पुग्ने सरकारको धारणा रहेको छ ।

लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)
लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)
लकडाउनमा सुनसान पुर्वी कैलाली (फोटो कथा)

प्रतिक्रिया