कोहलपुर :

महामारीको रुप लिएको नयाँ कोरोनो भाइरसको संक्रमण सयौ देशमा फैलिएको छ । बिभिन्न देशमा मान्छेले दिनहुँ ज्यान गुमाइरहेका छन् भने नेपालमा पनि अहिले ३ जनामा कोरना संक्रमित बिरामी भेटिएका छन् । महामारी फैलिएसंगै बिपद व्यवस्थापन कोषमा बिभिन्न नेता कार्यकर्ताले सहयोग गरेका छन् ।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुरका नेता खिल प्रसाद भुषालले कोहलपुर नगरपालिकाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेका छन । नेता भुषालले कोरोना महामारी बिरुद्ध लडन सघाउ पुर्याउने उदेश्यले कोषमा सहयोग गरेका हुन ।

आफुले सहयोग गरेको सो रकमको चेक भुषालले बुधवार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत लाई हस्तान्तरण गरे ।
हस्तान्तरण गर्दै उनले बिपत्तिको अवस्थामा सहयोग गर्न सबै लाई अपिल समेत गरेका छन । उनले आफुले सहयोग गरेको बारेमा जानकारी दिंदै फेसबुकमा यस्तो स्टाटस लेखेका छन् :
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (covid -19) का विरुद्ध नेपाल सरकारले घोषणा गरेको कार्यक्रममा एक सचेत परिवारको सदस्य र सामजिक कार्यक्रताका रुपमा सानो सहयोग सहित यो लडाईमा उभिने निर्णय गरियो ।
हाललाई रु 51,000 (अक्षेरुपी एकाउन्न हजार)मात्र कोहलपुर नगरपालिका प्रमुख श्री लुटबहादुर रावत मार्फत यो राहत हस्तन्तरण गरेको छु ।
यस घडिमा सम्पूर्ण नगरवासी गोलबंद भै सहयोगी हात बढाउ एक थुकी सुकी सौ थुकी नदि भने जस्तै तपाई हाम्रो सानो सहयोगले कसैको ज्यान बच्न सक्छ । राष्ट्रिय संकटको बेलामा आफ्ना असहमती विमतिलाई थातीमा राखी सहयोगी हात बढाउन अनुरोध गर्दछु ।










