एजेन्सी :

कोरोना भाइरसबाट अति प्रभावीत भारतको दुई राज्य माहाराष्ट्र र केरलमा लकडाउनको निगरानी राख्न ड्रोनको प्रयोग गरिएको छ ।
भारतिय टिभी न्युज २४ का अनुसार महामारीको रुपमा बिश्वभर नै फैलिएको कोरोना भाइरल ( कोभिड १९ ) ले सबै भन्दा बढी प्रभावित राज्य केरल र महाराष्ट्रमा जनताले लकडाउनको अवज्ञा गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस राज्यमा ड्रोन क्यामेराबाट शहरको निगरानी बढाएको हो ।
भारतमा हाल सम्म ६०६ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतमा २१ दिनको लागि पूरा देश लकडाउनको घोषणा प्रधानमन्त्री मोदिले गरिसकेका छन् ।










