कतारबाट आएका बाँकेको थप एकजनालाई क्वारेन्टाइनमा राखियो

नेपालगन्ज :

कतारबाट आएका बाँकेका थप एकजना लाई क्वारेन्टाइनमा राखियो

फ्रान्सबाट कतार हुँदै नेपाल प्रवेश गरेकी एक १९ वर्षिय छात्रमा कोरोना पोजेटिभ देखिएपछि उक्त जहाजबाट नेपाल यात्रा गर्ने सम्पुर्ण यात्रुहरुको खोजी गरि क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय र जिल्लामा खोजी भैरहेको र केही ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिसकेकोमा आज बिहान खजुराबाट अर्को एकजनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यात्रु लिस्टमा बर्दिया घर रहेको देखिएपनी उनी बाँकेको खजुरामा गाउँपालिका वडा नम्बर ३ मा बस्दै आएका छन् । उनी खजुरा वडा नम्बर तीनमा बस्दै आएको र हिजो साझ मात्रै उनी त्यही बस्दै आएको पत्ता लागेपछि उनलाई बिहीवार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको हो ।

यस अघि तिनजानालाई क्वारेन्टाइनमा राखी सकेको छ भने एक जनाको खोजिकार्य जारी रहेको बताइएको छ ।

(उनको परिचय नागरिक समाजले खुलाएको छैन )

प्रतिक्रिया