नेपालगन्ज :

नेपालगन्ज भित्रन लागेको मनकामना ग्यास र भेरी ग्यासको आठ वटा ग्यासका बुलेट सिमावर्ती बजार रुपैडिहामा रोकिएका छन् ।
मनकामनाको ३ र भेरी ग्यासको ५ वटा बुलेट नेपालगन्जबाट रुपैडिहाको कस्टममा कागजपत्र बनाउन जान नसक्दा उक्त ग्यासका बुलेट रुपैडिहामै रोकिएका हुन् ।
भेरि र मनकामना ग्यासका प्रतिनिधि जमुनहा सिमामै रोकिएका छन् । उनिहरुका अनुसार भारतिय कस्टममा पुगेर कागजपत्र किलियर गर्नुपर्ने हुन्छ अनि मात्रै ग्यासका बुलेट भित्रन सक्छन् तर एसएसबीले आफुहरुलाई जान नदिएका कारण ग्यासका बुलेट उतै रोकिएको बताएका छन् ।
ग्यास कम्पनीका प्रतिनिधिले यस सम्बन्धमा सरोकारवाला निकायलाई जानकारी गराइसकेको बताएका छन् ।











