नेपालगन्ज :

भारतको गुजरात ,सुरत देखि आएका दैलेखका १४ र सुर्खेतका १ ब्यक्ति नेपालगन्ज जमुनहा नाकामा अलपत्र परेका छन् ।
बुधवार साझ ५ बजे तिर सिमानाका जमुनहा आएका उनिहरु अलपत्र परेका हुन् ।
भारत गुजरात देखि बसमा नानपारा सम्म आएका उनिहरु त्यहा देखि भने पैदल नै आएको बताउछन् ।
बिहीवार १० बजे सम्म न उनिहरुले खान पाएका छन् तर उनिहरुलाई राज्यले के गर्छ पत्तो नै पाएका छन् । उनीहरुको लागि उपमहानगरपालिकाले बिहीवार खानको ब्यवस्थापन गरेको छ ।











