सामर्थ्य इन होटेलमा सारिए क्याम्पस क्वारेन्टाइनमा बस्नेहरु

नेपालगन्ज :

महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनका लाई सामर्थ्य इन होटेलमा सारियो

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका १० जनालाई नेपालगन्ज धम्बोझी स्थित रहेको होटेल सामर्थ्य इनमा सारिएको छ ।

नेपालगन्जका मिडियाले लगातार नेपालगन्जको बहुमुखी क्याम्पसको क्वारेन्टाइनको दयनिय अवस्थलाई इन्कित गर्दै समाचार प्रकाशित गरेपछि शुक्रवार सामर्थ्यमा सारिएको हो ।

क्वारेन्टाइनका फोकल पर्सन राम बहादुर चंदका अनुसार महेन्द्र बहुमुखी क्याम्पसमा सुधारको कार्य जारी रहेको र त्यतिन्जेल क्वारेन्टाइनमा रहेकालाई नेपालगन्ज धम्बोझिको सामर्थ्य इनमा राखिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया