नेपालगन्ज

नेपालगन्ज मेडिकल कलेज अहिले कोरोना COVID-19 बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध सचेतना र उपचार लागि तयारीमा लागिरहेको छ यो संकटको घडिमा हामी सरोकारवालाहरूसँग हातेमालो गर्न प्रयासरत रहेको बताउदै कोरोना भाइरस कोभिड १९ प्रति पेशागत दायित्व र कर्तब्य निर्वाह गरेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सहायक निर्देशक डा- नितेश कुमार कानोडियाले बताएका छन् ।
नागरिकहरुको स्वास्थ्यको लागि अाफुहरु सधै चिन्तित रहनुका साथै त्यसका लागि हाम्रो व्यवस्थापन, डाक्टर, नर्सिङ टिम, सरसफाई टिम, सुरक्षा र उपलव्ध मानवीय संसाधन हरपल सक्रिय रहेको उनले बताए ।
सरकारी प्रयास, अनुगमन र विदेशी प्रविधिको सहयोग अाउने कुराले झनै हौसला बढाएको भन्दै संक्रमणसंग लडन र उपचारमा खटिन हामी जतिबेला पनि तयारि अबस्थामा रहनु पर्नेछ ।

उनले यस्तो संकटको घडिमा सबैको साथ र हातेमालोमा हामी नागरिकको स्वास्थ्य सुरक्षाका लागि हाम्रा डाक्टर, नर्स तथा सम्पुर्ण जनशक्तिको अझबढी हिम्मत, लगनशीलता र प्रतिबद्धता छ भन्ने उदाहरण पेश गर्न चाहने बताएका छन् ।
यस कठिन परिस्थितिमा अस्पताललाई हाम्रो जनशक्तिको ठुलो भर छ, उनले नेपाल सरकारले नीजि मेडिकल कलेज / अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुको आम नागरिकको उपचारको क्रममा भवितव्य वा मृत्यू भएमा सरकारी कर्मचारीले पाउने सरहको सुविधा र क्षतिपुर्ति सरकारी क्षेत्रबाट उपलब्ध गराउन अाग्रह गरेका छन् ।
हाललाई जोखिमको मध्यनजर गर्दै कलेज / अस्पताल वा खटाईएको क्षेत्रमा कामगर्दा भवितव्य परिहालेमा भवितव्य पर्नेहरु प्रत्येक कर्मचारीको लागि रु १० लाख बराबरको रकम उपलव्ध हुने गरि अस्पतालले कोष व्यवस्थापन गरिएको जानकारी समेत गराए ।












