बाँके :

बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइन केन्द्र बनाइएको छ । कोरोना आशंकित ब्यक्तिहरुलाई राख्न गाउँपालिकाको वडा नम्बर ४ खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा क्वारेन्टाइन केन्द्र बनाइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
“१० शैयाको क्वारेन्टाइन बनाउँदैछौं,” स्वास्थ्य शाखा प्रमुख मोइन खाँले भन्नुभयो,”आज ४ वटा तयार गरेका छौं, भोलिसम्ममा सबै तयार हुन्छ ।” गाउँपालिकाका अध्यक्ष शाहले क्वारेन्टाइन स्थलमा कुनै कमी नहुने गरी उचित प्रबन्ध मिलाइएको बताउनुभयो ।
स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा उचित खानपानको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । अनुगमन तथा जनप्रतिनिधि परिचालन गर्ने जिम्मेवारी पाउनुभएका वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई प्रभावकारी ढंगले अघि बढाइएको बताउनुभयो ।









