खजुरा :

खजुरा गाउँपालिका वडा नम्बर ४ मा विपन्नलाई सहयोग अभियान सुरु गरिएको छ । कोरोनाको कहरले लकडाउन भएपछि अति विपन्न घरपरिवार, दैनिक ज्याला मजदुरी गरी परिवारको जिविको पार्जन गर्नेहरुका लागी सहयोग अभियान सुरु गरिएको हो ।
वडाध्यक्ष तिलकविर सुनारको संयोजकत्वमा सुरु गरिएको अभियानमा स्वयम वडाध्यक्ष सुनारले १५ हजार, कार्यपालिका सदस्य योगमाया खनालले १० हजार, वडा सदस्यहरु बल बहादुर कठाएत, दल बहादुर विसी, विरमा देवी सुनारले ५÷५ हजार, नेकपा खजुरा गाउँपालिका वडा नम्बर ४ का इन्चार्ज सतिस निरौलाले ५ हजार राखेर सहयोग अभियानको सुरुवात गरिएको थियो ।
अभियान सुरु गरेपछि खजुरा घर भएका हाल काठमाडौ बस्ने देवराज ढकालले विपन्नलाई सहयोग रकम पठाएका छन । ढकालले वडा इन्चार्ज सतिस निरौला मार्फत १० हजार सहयोग पठाएका हुन ।
वडाध्यक्ष सुनारले वडाका कुनैपनि जनतालाइृ भोकै मर्न नदिने बताउदै सहयोग अभियानमा सबै वडाबासी जोडिन आग्रह गरे । उनले लकडाउन एक महिना सम्म चलेपनि वडाबासी भोकै मर्न नपर्ने बताए । वडाध्यक्ष सुनारले विपन्नलाई सहयोग अभियानलाई पार्दशि गरिने बताएका छन ।









