रिलिफ फण्ड मार्फत अतिबिपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गरिदै

नेपालगन्ज :

नेपालगन्ज वडा नम्बर ८ र ५ का अति बिपन्न र दिनभरि ज्यालामजदुरी गरेर साझ परिवार पाल्ने ५०-६० घरधुरीलाई आज शनिबार अत्यावश्यक खाद्यान्न सामाग्री (चमल , दाल) बितरण गरिने भएको छ ।

बाँकेका प्रदेश सभासद कृष्णा केसि ‘नमुना’ को पहलमा चैत १२ गते स्थापना भएको ‘कोभिड १९ रिलिफ फण्ड’ मार्फत सो अत्यावश्यक खाद्यान्न बितरण गर्न लागिएको हो ।

वडा नम्बर ८ र ५ का अति बिपन्न परिवारको खाद्यान्न ब्यवस्थापनका लागि समन्वय गरेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का समाजसेवी तथा स्थानिय रिजवान शेखका अनुसार अतिबिपन्न तथा दिनभरि ज्यालामजदुरी गरेर साझ परिवार पाल्ने ५०-६० घरपरिवार भोकै मर्ने स्थिति आउन लागेपछि सभासद नमुनाले आफ्नै पहलमा कोष खडा गरेर अतिबिपन्नको लागि खाद्यान्न दिने भनेको संचार माध्यमबाट थाहा पाएपछि उहाँलाई अनुरोध गरेको बताए ।

‘टोलका अतिबिपन्न परिवार हिजो देखि नै मेरो घरमा आएर रुदै खानाको जोहो गरिदिन अनुरोध गर्दै आएका छन् , मैले वडा र उपमहानगरपालिका संग अनुरोध समेत गरे तर वडा र उपमहानगरपालिका संग त्यस्तो किसिमको कुनै परिपत्र नै नआएको जवाफ पाए अन्तमा सभासद नमुनालाई अनुरोध गरेपछि उहाले अति बिपन्न परिवारको लागि दाल चामलको जोहो गरिदिने बताउनुभयो ।’ शेखले नागरिक समाजसंग बताए ।

उता वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ताले वडामा खाद्यान्न नपाएका परिवार समस्यामा परेको बताएका छन् तर उपमहानगरपालिकाले त्यस्तो किसिमको कुनै ब्यवस्था नगरेको समेत बताए भने वडाले आफ्नो तर्फबाट केही सहयोग गरेको समेत बताएका छन् ।

त्यस्तै आज शनिबार अतिबिपन्न परिवारलाई खाद्यान्न बितरण गर्ने खबर पाएको र त्यासमा वडाले समन्वय गर्ने समेत बताएका छन् ।

शेखका अनुसार वडा नम्बर ८ र ५ का ५०-६० घर परिवार दैनिकी मजदुरी ज्यालादारीको काम गरि परिवार पाल्दै आएका थिए । लकडाउनका कारण उनिहरुको काम रोकिएको छ जसको कारण परिवार भोकै मर्ने अवस्था रहेको बताएका छन्
उनीहरु टाङ्गा चलाउने , इट्टा भट्टामा काम गर्न रिक्सा चलाउने जस्ता काम गर्दै आएका छन् । कोरोना संक्रमणको कारण पुरै देश नै कलकडाउन भएको हुदा उनीहरुको काम समेत रोकिएको छ जसको कारण परिवार भोकै पर्दै आएको शेखले बताएका छन् ।

उता प्रदेश सभासद कृष्णा केसि नमुनाले यस्तै बिपत्ति आउन सक्ने आंकलन गरेर नै १२ गते नै रिलिफ फण्डको स्थापना गरेका थिए जसमा स्वयम नमुना र सामाजका विभिन्न ब्यक्तिहरुले फण्डमा सहयोगको घोषणा समेत गरिसकेका छन् ।

सभासद नमुनाका अनुसार शनिबार वडा नम्बर ८र ५ का अतिबिपन्न तथा दिनभरि ज्यालामजदुरी काम गरेर साझ परिवार पाल्ने ५०-६० घरपरिवारलाई खाद्यान्न बितरण गर्न लागेको बताउनुभएको छ । जसको लागी लिस्ट बनाउने कार्य भइ रहेको र दिउँसो सम्म अत्यावश्यक खाद्यान्न बितरण गरिसक्ने बताउनुभएको छ । खाद्यान्न वितरण वडा , उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय संगको समन्वयमा गरिने समेत नमुनाले बताउनुभएको छ ।

प्रतिक्रिया