नेपालगन्ज :

खजुरा गाउँपालिका वडा नम्बर एक मैटहवा माबिमा स्थापना गरिएको क्वारेन्टाइनमा वडा अध्यक्ष सुमन मल्लको सकृयतामा स्वास्थ्यकर्मिको लागि मिडिकल कीट उपलब्ध गराएका छन् ।
क्वारेन्टाइनका लागि मास्क , सेनिटाइजर र ग्वोब्सको आवश्यक थियो । जे जति थिए ती एकम परेका थिए राधापुर स्वास्थ्य चौकिका इन्चार्ज समेत रहेका क्वारेन्टाइनका इन्चार्ज दिपक ढकालले बताए ।
अध्यक्ष मल्लले बिहान फोन सम्पर्क गरेर सामान पठाइएको जानकारी दिनुभएको थियो उक्त सामान क्वारेन्टाइनमा प्राप्त गरेको इन्चार्ज ढकालले गरिक समाजसंग बताए ।
वडा अध्यक्ष मल्लको सकृयतामा क्वारेन्टाइनका लागी ठूलो २०० जोडा ग्लोब्स , २०० थान मास्क र ४ बोटल सेनिटाइजर उपलब्ध गराएको बताइएको छ । भमे शुक्रबार खाद्यान्न र अन्य सामाग्री समेत वडा नम्बर एकको क्वारेन्टाइनको लागि ब्यवस्थापन गरिसकेको थियो ।
क्वारेन्टाइनमा कुनै पनि आवश्यक पर्ने सामाग्री तथा मेडिकल किटको कमि हुन नदिने अध्यक्ष मल्लले बताएका छन् ।
अध्यक्ष मल्ल केही दिन अगाडी सोही मेडिकल कीट लिन जाने क्रममा दुर्घटनामा परेका थिए । हाल उनको उपचार नेपालगन्ज नर्सिङ होममा उपचार हुँदै छ भने उनको स्वास्थ्य सामान्य अवस्थामा रहेको छ । उनी अस्पतालमा रहे पनि वडा र वडाको क्वारेन्टाइनका लागि फोन सम्पर्कबाट भएपनि सकृय हुँदै आएक छन् ।









