खजुरामा ३६ जनालाई क्वारेन्टाइनमा राखियो

खजुरा :

खजुरामा ३६ जनालाई क्वारेन्टाइनमा राखियो

खजुरा गाउँपालिका वडा नम्बर ४ मा भारतबाट आई गाउँमै बसेकालाई आज क्वारेन्टाइनमा राखिएको छ ।

खजुरा गाउँपालिका ४ मा हाल ३४ जना भारतबाट आएका मध्ये १५ जनालाई गाउँपालिकाले स्थापना गरेको प्रदेश नम्बरर ५ अन्तरर्गत रहेको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रको छात्राबास भवन खजुरामा राखिएको छ भने १९ जनालाई घरमै सुरक्षित तवरले बस्ने बतावरण मिलाईएको वडाध्यक्ष तिलकविर सुनारले बताए ।

क्वारेन्टाइनमा रहने व्यक्तिहरुलाई खान, बस्न, स्वास्थ उपचार र सुरक्षाको उचित प्रवन्ध मिलाईएको गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताएका छन ।

वडाध्यक्ष तिलकविर सुनारको संयोजकत्वमा स्वयम सेवक टिम पनि बनाइएको छ । जसको सदस्यमा रेडक्रस बागेश्वरी उपशाखाबाट अर्जुन सिंह थापा, वडासदस्यहरु सबै, शिक्षक तिर्थ विक लगाएतका समाजवेसीहरु रहेका छन ।

खजुरा ४ मा स्थापना गरिएको क्वारेन्टाइन प्रदेशभरीकै उकृष्ठ बनाउने प्रयास गरेको गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइन व्यवस्थापनमा कुनै कसर बाँकी नराखिने वडाध्यक्ष सुनारले बताए ।

सुविधायुक्त रहेको क्वारेन्टाइन स्थापना सगै उचित व्यवस्थापन गर्न सफल भएकोमा गाउँपालिका अध्यक्ष कक्षपतिले स्वयम सेवक टिम, नेकपा खजुरा गाउँपालिका वडा नम्बर इन्चार्ज सतिस निरौला, कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त कार्यलय प्रमुख अमरराज शर्मा धिमिरे, वडा कार्यालयका कर्मचारी लगाएत विहानैदेखि खटिएर लाग्नुहुने सबैलाई धन्यबाद दिदै सबैमा सहयोग सहकार्यका लागी आग्रह गरेका थिए ।

लकडाउनको समयमा वडाबासीलाई भोकै रहन नदिनका लागी भोलिदेखी विपन्न वर्गलाई खाध्यन्न वितरण गर्ने काममा लाग्ने वडाध्यक्ष सुनारले बताए । विपन्नवर्गका लागी भनेर वडाध्यक्ष सुनारको संयोजकत्वमा विपन्न वर्ग सहयोग कोष समेत स्थापना गरिसकेको वडा सचिव सुरेस खड्काले जानकारी दिए ।

मैटहवा माविमा स्थापना गरेको क्वारेन्टाइनमा बस्नेहरुको दिन पुरा हुदै गएकाहरु आफ्नो घर फर्किदै छन । हाल २१ जना उक्त क्वारेन्टाइनमा रहेका छन । एक जना लाई भने ज्वरो आएका कारण भेरी अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका राजनितिक सल्लाहकार भिम वलीले जानकारी दिए ।

यो सगै खजुरामा स्थापना गरिएका क्वारेन्टाइनमा बस्ने ३६ जना पुगेका छन । खजुरामा अहिले भारतबाट आएकाहरु धेरै भएकाले आफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सक्नेले बाहिर ननिस्किएर सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

खजुरामा ३६ जनालाई क्वारेन्टाइनमा राखियो

प्रतिक्रिया