खजुरा :
भारतबाट आएकाहरुलाई राख्न खजुरा गाउँपालिका वडा नम्बर ४ ले प्रदेशकै नमुना क्वारेन्टाइन व्यवस्थापन गरि सेवा प्रभाह गरिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट जनतालाई जोगाउन वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु आफु सुरक्षित हुदै भारतबाट आएकाहरुलाई सुरक्षित बासस्थानको व्यवस्था गरेका छन ।
प्रदेश नम्बर ५ अन्तरर्गत रहेको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रको छात्राबास भवन खजुरामा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा हाल १५ जनालाई राखिएको वडाध्यक्ष तिलकविर सुनारले जानकारी दिए ।
क्वारेन्टाइनमा रहने व्यक्तिहरुलाई खान, बस्न, स्वास्थ उपचार र सुरक्षाको उचित व्यवस्थापन गरिएको बसुन्जेल कुनै किसिमको असुविधा, दुविधा हुन नदिन र आवश्यक परेको बेला विरामिलाई सम्बन्धित स्थानसम्म पु¥याउने गरि चुस्त रहन वडाध्यक्ष, स्वयम सेवक, स्वास्थकर्मि लगाएतको टिमलाई गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले निर्देशन दिएका छन ।
प्रमुख कक्षपतिले उत्कृष्ठ व्यवस्थापन गरेको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष, स्वयम सेवक टिम, कर्मचारी लगाएत खटिनुहुने सबैलाई धन्यबाद दिएका छन । उनले क्वारेन्टाइन स्थलमा आवश्यकता अनुसार कुनै कसुर बाँकी नराखिने पनि प्रतिवद्धता जनाए ।



















