आजै देखी नेपालगन्जमा घरमै पुस्तक डेलिभरी

नेपालगन्ज :

आजै देखी नेपालगन्जमा घरमै पुस्तक डेलिभरी

नेपालगन्ज मात्रै होईन देशमा लकडाउनको समय छ । घरबाट ननिस्किन सरकारले अनुरोध गरेको छ । कोरोनाको हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपालगन्जबासी घर भित्रै बसेका पनि छन् ।

यस्तो अवस्थामा पुस्तक पढ्नु , घरमै केही काम गर्नु र परिवार संगै रमाउनु नै उत्तम विकल्प हुन्छन् । त्यही उत्तम विकल्प मध्यको पुस्तक पढ्नेहरुको लागि नेपालगन्जका हरेक वडामा अतिरिक्त डेलिभरी चार्ज नलाग्ने गरि पुस्तक घर सम्मै डिलिभरी गरिदिने गरि ब्यवसाय सुरु भएको छ ।

नेपालगन्जका असराफ खानले यो विषम परिस्थितिमा सुरु गरेको पुस्तक डिलिभरी सुबिधामा एकेडेमीक पुस्तकहरू स्कुल देखि मास्टर्स डिग्री सम्मका पुस्तकहरु उपलब्ध छन भने साहित्य तथा अन्य पुस्तकहरूको हकमा भने आफू संग रहेको स्टक र आफू संग समन्वयमा रहेका स्टोरमा उपलब्ध पुस्तकका आधारमा डेलिभरी गरिने बताएका छन ।

लामोसमय देखि घर घरमै पुस्तक डेलिभरी गर्ने योजना रहेको र त्यसको लागी वेबसाईट समेत निर्माणको क्रममा रहेको छ भने अहिलेको विषम परिस्थितिमा देश नै लकडाउनमा रहेको बेला आफुलाई मनपर्ने पुस्तक पढेर घरमै बसेर सरकारको लकडाउन गर्ने निर्णयलाई समर्थन जनाउन अहिले देखि नै यो सेवा दिन खोजिएको असराफ खानले बताएका छन् ।

पुस्तक घरमै डेलिभरी चाहनेले ९८५८०२३७८७ मा सम्पर्क गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया