खजुरा चारका अति विपन्न परिवारलाई १० दिनका लागी खाद्यान्न वितरण

खजुरा :

खजुरा चारका अति विपन्न परिवारलाई १० दिनका लागी खाद्यान्न वितरण

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ अन्तर्गत रहेका अति विपन्न ज्याला मजदुरी गरि खाने व्यक्तिहरुका लागी खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

वडाध्यक्ष तिलकविर सुनारको संयोजकतामा जन प्रतिनिधिको गठित राहत कोषमा उठाएको रकमबाट खाद्यान्न खरिद गरि वितरण गरिएको हो ।

वडाका ३७ अति विपन्न घरपरिवारलाई प्रति परिवार २५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर तेल, २ केजि नुन, एक पिस साबुन, २ पोका स्वायविन वितरण गरिएको वडा सचिव सुरेस खड्काले जानकारी दिए ।

राहत कोषका लागी, वडाध्यक्ष तिलकविर सुनारले १५ हजार, कार्यपालिका सदस्य योगमाया खनालले १० हजार, देवराज ढकालले १० हजार, युवा नेता सतिश निरौलाले ५ हजार, सन्तोष श्रेष्ठले ५ हजार, वडा सदस्य बल बहादुर कठाएत ५ हजार, दल बहादुर विसी ५ हजार, विरमा देवी सुनारले ५ हजार र निरज भट्टले ५ हजार आर्थिक रकम उठाएका थिए ।

पहिलो चरणमा ३७ घरपरिवारलाई १० दिन सम्म पुग्ने खाद्यान्न वितरण गरिएको पछि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गरिने वडाध्यक्ष सुनारले बताए ।

प्रतिक्रिया