नेपालगन्ज :

पुर्व राज्यमन्त्री दल बहादुर सुनारको संयोजकत्वमा बाँके क्षेत्र नम्बर ३ प्रदेश`क´ प्रदेश कमिटी र बैजनाथ गाउँ पालिका कमिटीले विपत व्यवस्थापनका लागि बिपत कोष खडा गरेको छ ।
आइतबार नेपाल कम्युनिष्ट पार्टी बाके निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क क्षेत्रीय कमिटिको बैठक संयोजक गुमान बहादुर दमाईको अध्यक्षता तथा प्रदेश क इन्चार्ज नरेम्द्र पाण्डे (जेम्स)को प्रमुख अतिथी र पुर्व राज्यमन्त्री दल बहादुर सुनारको विशेष अतिथिमा सम्पन्न बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो ।
कोभिड १९ कोरोना भाइरस विरुद्ध बैजनाथ गाउँपालिकालाई सक्षम बनाउने विभिन्न निर्णय समेत गरेको बैठकले पुर्व राज्यमन्त्री दल बाहादुर सुनारको संयोजकत्वमा स्थापित कोषको लागी विश्वव्यापी माहामारी विरुद्धको अभियानमा सबैले सक्दो सहयोगको लागि हार्दिक अपिल समेत गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य , बाँके जिल्ला कमिटी सदस्य तथा नेकपा बैजनाथ गाउँपालिका सह संयोजक दिपक जिएमले बताउनुभएको छ ।
उक्त कोषमा आजै नै १४ हजार ३ सय रकम संकलन भएको छ भने सहयोग गर्न इच्छुक ब्यक्तिहरुले विपत वयवस्थापन कोषको सम्पर्क नम्बर ९८४१९८३२०७ मा सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।









